नेता सफल तर कर्मचारी असफल भन्ने हुँदैन



भीम उपाध्याय ।
अहिले नेपालको कर्मचारीतन्त्रको अवस्था जे जस्तो छ, त्यो वर्तमान राजनीतिक दल र नेताहरूको विगत ३ दशकको कर्मको स्वाभाविक नतिजा नै हो । प्रतिभाशाली परीक्षित कर्मचारी कच्चा पदार्थका रूपमा सरकारी सेवा प्रवेश गरेका हुन्छन् । तिनलाई उपयुक्त, सीपयुक्त, ईमान्दार, सक्षम, समयानुकूल प्रशिक्षित गर्दै सरकारले बनाउदै लाने हो । अनुकूल संस्थागत परिवेश र व्यवस्था सरकारले मिलाउदै लैजाने हो । उसलाई जोत्न खेत तथा हलो र उत्पादित बस्तु राख्न भकारी सरकारले प्रवन्ध गरिदिने हो ।

कुनै पनि सरकार भनेको जनताको त्यहा‘को कर्मचारीतन्त्रको अनुहार र कार्यशैली नै हो । कर्मचारी निकम्मा वा कम्मा बनाउने काम सरकारले गरेको हुन्छ । कर्मचारी हैन, सरकार कम्मा वा निकम्मा हुन्छ । निकम्मा कर्मचारी नहुँदा हुन् त नेताहरूले के नारा दिएर आफ्नो राजनीतिक खेतीपाती गुलजार पार्न सक्थे होलान् र !

अहिले यसरी निकम्मा तुल्याईएको कर्मचारीतन्त्रका निम्ति न संस्थागत घर छ, न भएका कथित घरको छाना छ । न गन्तव्यको यात्राका निम्ति गाडी छ, न बास र कार्यालय छ । भए जतिको छाना, ढोका, झ्याल उप्काएर नांगो नाचेपछि असुरक्षित तथा निरीह बनेका बेसहारा मानसिकताका हालका कर्मचारी निकम्मा देख्नु स्वाभाविक हुन्छ नै । निकम्मा नेताहरू हुन् तर तिनै निकम्मा नेताहरू कर्मचारीलाई निकम्मा भन्दैछन् ।

नेता भनेको मुलुकको सबै जिम्मा लिने, जवाफदेही हुने पद र पगरी हो । जागिरेले त सीमित भए पनि जवाफदेही हुनुपर्छ भने नेताले त झन् जागिरेलाई पनि जवाफदेही हुन बाध्य पार्ने पदपगरी हो। जवाफदेही जिम्मा लिन नपर्ने पदको गाडी त जसले पनि हुईँक्याई हाल्छ ।
संस्कार, संस्कृति, संस्था, समझदारी, सकारात्मकता र सरकार विग्रेको देशमा समृद्धि सम्भव कदापी हुँदैन ।

राजनीतिमा भविष्यवाणी गर्नेहरू उल्लु बन्छन् जसरी प्रविधिको भविष्यवाणी गर्नेहरू । राजनीति शतरंजको खेल जस्तै हो । दर्शक, समर्थक कोही तालिपिट्लान्, कोही छाती पिटिपिटी रोलान् तर राजनीति खेलको रूपमा अगाडी बढ्दै गईरहेको हुन्छ । आफूलाई खेलाडी मन पर्यो वा रिस उठ्यो भन्दैमा केही खुईलिईदैन । चेसको खेलमा भविष्यवाणी गर्नु मुर्खता हो । जे हुनुपर्छ त्यो त्यही बेला हुन्छ वा गरिन्छ ।

भ्रष्टाचारप्रति शून्य सहनशीलता, दण्डहीनतामा नियन्त्रण र कानुनको शासन भयो भने मुलुक दिन दुई गुणा, रात चौगुणा विकास गर्नेछ । सरकारको यसमा कमिटमेन्ट के कति हुन्छ त्यसले मुलुकको भाग्य कोर्ने हो तर बिगत दुई अढाई वर्ष निराशाजनक देखिएको छ । स्थानीय सरकारहरू अनियन्त्रित र अनियमितताको बन डढेलोमा पसिसकेका देखिन्छन् । ब्लड प्रेसर र सुगर नियन्त्रण भएन भने शरीरलाई ससाना रोगले पनि हैटू पारिदिन्छ। वाक्कदिक्क र ओछ्यानमा लमतन्न हुन बाध्य पार्छ । अनि न विकास, न निकास हुन्छ ! बरू सत्ता र सत्ताधारी नेताको अवकाश वा वनबास सुनिश्चित हुने गर्छ।

नेपाली नेताहरू भत्काउनमा महारथी हुन्, त्यो पुस्ताको योगदान भत्काउनेमा मात्र भएको हो । बनाउने युवा पुस्ता पनि तिनै भत्काउन पारंगत नेताहरूबाट दीक्षित भएकाले तिनको जीवन पनि बनाउनेमा अर्थहीन देखिन्छ । अब एउटा मात्र आश भनेको नवयुवा पुस्ता जो २०-३० वर्षका छन्, तिनमा अत्याधुनिक विज्ञान, प्रविधि र अर्थशास्त्रको ज्ञान र ब्यवस्थापन सीपले सुसज्जित एवं लैस पारेर नयाँ नेतृत्व क्षमताको पुस्ता निर्माण गर्नुमा छ । पुराना पुस्ता र बूढा-युवा पुस्ता आउटडेटेड, ईम्पेडिमेन्ट र स्पिडब्रेकर मात्र बनेका छन्। नवयुवाको नेतृत्व अगाडी नआउने हो भने नेपालको भविष्य नास्ति ।

नेता सफल र कर्मचारी असफल हुदैन। नेता भनेकै मुलुकको सबै जिम्मेदारी लिनुपर्ने पक्ष हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँ बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौँ ।  काठमाडौँ  बिहीबार फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा

‘कोशीका मुख्यमन्त्री कार्कीले सदनले गरेको निर्णय नमान्ने भन्दै हिँड्ने भएको छ, विशेषाधिकार हननमा कारबाही हुन सक्छ’

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको

नेपाली राजनीतिले सिक्नुपर्ने एउटा चुनाव

नारायण गाउँले । विश्वकै मुख्य र ठूला सहरमध्येको एक लण्डनमा मेयर पदका लागि

सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक