कोरोना पोजेटिभ आउनासाथ बिरामी भएँ भन्दै आत्तिने काम नगरौं



डा. अनुप बास्तोला ।

कोभिड निमोनियाको लक्षण लिएर मंसिर ११ मा अस्पताल आउनु भएकी ५० वर्षीया एकजना आमाको पीसीआर नेगेटिभ थियो । तत्काल गरिएको एन्टिजेन टेस्ट नेगेटिभ नै आयो । अन्तत: एन्टिबडी टेस्ट पनि पोजिटिभ आयो । यसको अर्थ हो, उहाँको शरीरमा कोभिड एन्टिबडी तयार भइसकेको थियो ।

पीसीआर र एन्टिजेन नेगेटिभ अनि एन्टिबडी पोजिटिभ भएको बिरामीलाई कसरी कोभिड अस्पतालमा उपचार गर्ने त? हामी धर्म संकटमा पर्‍यौं । तर, कोभिडले श्रीमान सिकिस्त हुँदा हेरचाह गरेको (संक्रमितसँग प्रत्यक्ष सम्पर्क) र एक्सरेमा कोभिड निमोनिया रहेको आधारमा आईसीयूमा राखेर उहाँको उपचार थालियो ।

आईसीयूमा एक साता र त्यसपछि कोभिड वार्डमा उपचारपछि उहाँ १५ दिनका दिन डिस्चार्ज हुनु भयो । तर, यो घटनाले हामीलाई झक्झक्याएको छ । लक्षण देखिएका तर पीसीआर नेगेटिभ भएका व्यक्ति सचेत हुन जरुरी छ । परीक्षण नेगेटिभ आएपछि कोभिड नै होइन भनेर निमोनिया भइसकेका बिरामी कोभिडको उपचारबाट वञ्चित हुने अवस्था आउन सक्छ ।

लक्षण भएका तर, अस्पताल ढिलो आइपुग्ने बिरामीलाई पीसीआर नेगेटिभ देखिए पनि निमोनियाले गाँजेको हुन सक्छ । ५० वर्षीया आमाजस्तै पीसीआर नेगेटिभ अन्य केही कोभिडका बिरामी उपचाररत हुनुहुन्छ । त्यसैले पीसीआर नेगेटिभ छ भनेर वास्तै नगर्ने र
पोजिटिभ आउनासाथ बिरामी भएँ भन्दै आत्तिने काम नगरौं ।

विश्वव्यापी पछिल्ला अनुसन्धानले कोभिड-१९ को संक्रमण पुष्टि भएको ९ दिनपछि शरीरमा जीवित भाइरस नरहने देखाएका छन् । त्यसैले कोभिड पोजिटिभ र नेगेटिभको गोलचक्करमा रुमल्लिनु भन्दा आफूमा देखिएका लक्षणलाई महसुस गरौं । कडा लक्षण छन् भने अस्पताल पुग्न ढिला नगरौं । आफू बचौं अरूलाई पनि बचाऊँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने