गुणस्तरहीन मास्कले छालामा समस्या निम्तने



काठमाडौं । गुणस्तरहीन मास्कको प्रयोगले अनुहारको छालामा विभिन्न समस्या देखिन सक्ने भन्दै गुणस्तरयुक्त मास्कमात्र प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । कोरोना संक्रमणबाट बच्न मानिसहरुले मास्क लगाउनै पर्ने अवस्था रहेको र मास्कको धेरै माग हुदा कम गुणस्तरको मास्कको प्रयोगले अनुहारको छालामा समस्याहरु देखिन सक्ने छाला तथा सौन्दर्य विशेषज्ञ डा धर्मेन्द्र कर्णले बताए ।

उनले बजारमा पाइने कतिपय मास्कमा तीन तह पनि नहुने गरेको र मास्कमा हुने तह नरम र गुणस्तरीय नभएको पनि बताए । डा कर्णले गुणस्तरहीन मास्कको प्रयोगले मानिसको अनुहारमा एलर्जी हुने, ओठ सुख्खा हुने, मास्क लगाएको भागमा रातो हुने, मास्क अड्काउँदा काममा दुखाइ बढ्ने, डन्डीफोहोरहरु आउने लगायतका समस्या हुने बताए ।

कोरोना संक्रमणबाट बच्न मास्क अनिवार्य हुने भएपनि अनुहारको छालाको लागि धेरै समय मास्क लगाउनु उपयुक्त नहुने डा कर्णले बताए । डा कर्णले सम्भव भएसम्म कटनको तीन तहको मास्क प्रयोग गर्न सुझाव पनि दिएका छन् । उनले बालबालिकाहरुलाई बढी कसिलो मास्क लगाइदिँदा उनीहरुको कान पाक्ने समस्या समेत देखिने भएकाले मास्क लगाउँदा बिषेश ध्यान दिनुपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ । आज

सदनमा गृहमन्त्रीलाई बोल्ने अवसर दिएपनि सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउनुपर्छः ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा गृहमन्त्रीलाई बोल्न रोक्न नहुने बताएको छ ।

राष्ट्रियसभामा कांग्रेसको अवरोध यथावत, बैठक आइतबारसम्मका लागि स्थगित

  काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित

म ‘रबर स्ट्याम’ मात्र हैन, मेरो पनि कुरा सुनिनुपर्छ: इन्दिरा राना(अन्तरवार्ता)

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी