नेपालको इन्जिनियरिङ्ग पढाई एशियाकै उत्कृष्ट



काठमाण्डाै, १२ कक्षाको परीक्षा दिएर इन्जिनियरिङ्ग विषयमा उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु के गर्ने भन्ने सोचमा रहेका छन् । देशभरबाट हजारौँ विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि सहि परामर्शको खोजिमा रहेका छन् । सहि समयमा विद्यार्थीहरुलाई मार्गदर्शन गर्नु अहिलेको आवश्यकता पनि हो ।

नेपालमा विभिन्न विश्वविद्यालयका ५१ वटा क्याम्पसहरुबाट स्नातक तहका २३ वटा भन्दा बढी विषयमा इन्जिनियरिङ्गको पढाई हुँदै आईरहेको छ । सबै विश्वविद्यालयहरुले स्नातक तहमा भर्ना लिनु अगाढि विद्यार्थीको क्षमता पहिचान गर्छन । जसको लागि प्रतिस्पर्धात्मक प्रवेश परीक्षाको माध्यमबाट उनीहरुलाई छनौट गरेर भर्ना गरिन्छ ।

विगत २६ वर्ष देखि अनवरत रुपमा इन्जिनियरिङ्ग विषयमा उच्च शिक्षा अध्ययनको लागि PEA ले तयारी कक्षा गराउनुका साथै सहि परामर्श समेत गर्दै आइरहेको छ । शैक्षिक सत्र २०७७ मा इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पस तथा अन्य विश्वविद्यालयको B.E./B.Arch प्रवेश परीक्षाको तयारी कक्षाका लागि कक्षाहरू शुरू गरेको छ । कक्षा १२ को परीक्षा सकिएर B.E., B.Arch तथा BSc CSIT तर्फको उच्च शिक्षाको लागि इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको लागि तयारी कक्षाहरू शुरू गरेको हो ।

संस्थाले विगत २६ वर्ष देखि निरन्तर र अनवरत रूपमा तयारी कक्षा मार्फत हजारौँ विद्यार्थीहरूलाइ मार्गदर्शन गर्दै आइरहेको छ । यस वर्ष कोरोनाले उत्पन्न जटिल अवस्थालाइ मध्यनजर गर्दै सबै तयारी कक्षाहरूलाइ अनलाइन माध्यमबाट गराउँदै आएको छ । विद्यार्थीहरूको समय व्यवस्थापनलाइ ध्यानमा राख्दै विहान, दिउँसो तथा साँझ विभिन्न समयमा कक्षाहरू सञ्चालन गरिरहेको जनाएको छ । भर्ना तथा नियमित कक्षाको लागि विद्यार्थीले आँफु रहेको ठाउँबाट अनलाइन माध्यमको प्रयोग गरि सजिलैसँग कक्षामा सहभागि हुन सक्ने छन् ।

पुल्चोक क्याम्पस तथा अन्य विश्वविद्यालयको B.E. प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस संस्थाले गरीव तथा जेहन्दार विद्यार्थीको लागि स्कोलरसिपमा पढाउँदै आइरहेको छ । नियमित रूपमा कक्षा सञ्चालन, आवश्यक सबै पाठ्यपुस्तकहरू, नमूना परीक्षाहरूले गर्दा विद्यार्थीहरूको शिक्षा सारथीको रूपमा PEA ले सहयोग गर्दै आइरहेको छ । यहाँ तयारी गर्ने विद्यार्थीहरू प्रवेश परीक्षामा नाम निकाल्ने मात्रै नभइ उच्च शिक्षा अध्ययनको क्रममा उत्कृष्ट नतिजा सहित उत्तिर्ण हुने गरेका छन् ।

प्राविधिक विषयमा उच्च शिक्षा हासिल गर्नको लागि अहिले करोडौँ रकम बाहिरिएको अवस्था छ । अर्कोतिर पढाई सकेर विद्यार्थीहरु स्वदेश आइसकेपछि उनीहरुलाई यहाँ घुलमिल हुन समेत समय लाग्छ  भने व्यवसायिक हिसाबमा अगाडि बढ्नको लागि सहज वातावरण छैन । नेपालमा इन्जिनियरिङको पढाइ राम्रो भएको र इन्जिनियरिङ पढ्नकै लागि विदेशिनु पर्ने अवस्था छैन । नेपालमा उत्पादन भएका इन्जिनियरहरू संसारका जुनसुकै देशमा काम गर्न सक्ने बताउँछन् यस संस्थाका सिइओ ई. लक्ष्मण पोखरेल । उनी भन्छन् नेपालमा पढाइ हुने इन्जिनियरिङ्ग शिक्षा एशियामानै उत्कृष्ट छ । म सधैँ विद्यार्थीहरूलाइ नेपालमा पढ्नको लागि नै सुझाव दिन्छु ।

अर्को महत्पूर्ण विषय नेपालमा रहेका सबै इन्जिनियरिङ्ग कलेजहरुको नियमन तथा अनुगमन नेपाल इन्जिनियरिङ्ग काउन्सिलले गर्दछ । विदेशबाट अध्यापन गरेर आउने इन्जिनियरको गुणस्तर मापन गर्नको लागि पनि आवश्यक रहेको छ । नेपालमा इन्जिनियरिङ्गको पढाइलाई अझ उत्कृष्ट बनाउनु पर्ने छँदैछ । यसै विषयलाई ध्यानमा राख्दै नेपाल इन्जिनियरिङ्ग काउन्सिलले लाइसेन्स परीक्षा लिनको लागि सबै तयारी गरिसकेको छ । उक्त परीक्षा उत्तिर्ण गरिसकेपछि मात्रै इन्जिनियरहरु व्यवसायिक हिसावमा काम गर्न पाउने बाटो खुल्छ ।

पछिल्लो समयमा टेक्नोलोजिमा विद्यार्थीको आकर्षण बढेसँगै PEA ले आफ्ना सम्पूर्ण पाठ्यपुस्तकहरूलाइ अनलाइन माध्यमबाट सजिलै उपलब्ध गराउँदै आएको छ । विद्यार्थीले सम्पूर्ण पाठ्यपुस्तकहरूलाइ पिईए इन्जिनियरिङडोट(PEA Engineeringdote) एपबाट सजिलैसँग पढ्न सक्नेछन् । जसले गर्दा देशभर रहेका विद्यार्थीहरूले उक्त एप डाउनलोड गरि घरमा बसेर तयारी गर्न सक्नेछन् ।

यहाँ तयारी गरिसकेका विद्यार्थीहरू भन्छन् PEA सधैँ विद्यार्थीको आवश्यकता तथा क्षमतालाई पहिचान गरि तयारी गराउने तथा विद्यार्थीको समस्यालाई महत्व दिने हुँदा सबै विद्यार्थीको विश्वासमा रहेको छ। यस संस्थाको बारेमा www.pea.edu.np मा गएर विस्तृत जानकारी लिन सकिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर । कोसी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत दिनुपर्ने लगायतका बुँदा समेटिएको नेकपा एमाले

मुख्यमन्त्री नियुक्ति विवादको टुंगो नलागेसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

गण्डकी । नेपाली कांग्रेसले सर्वोच्चमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म संसद बैठक

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख