सिंहदरबार या बालुवाटारका दुई चार सय सज्जनले मात्रै देश कसरी जोगिएला ?



नारायण गाउँले ।

हैन, यत्रा मान्छे सबै दलाल, सबै विदेशी गोटी र प्रतिगमनकारी हुन् या पेट्रोलमा बिकेर सडकमा आएका हुन् भने त देश बर्बाद हुने देखियो । देशभर यति धेरै दलाल भएपछि सिंहदरबार या बालुवाटारका दुई चार सय सज्जनले मात्रै देश कसरी जोगिएला ?

दल र व्यक्तिभन्दा माथि उठेको र जनतासँग हरपल भिजेको साझा राष्ट्रपति, दिनरात देशको चिन्तामा बैठक बसिरहेका प्रधानमन्त्री, व्यक्तिगत तुष छोडेर राष्ट्रिय मुद्दामा खबरदारी र आन्दोलन गरिरहेको प्रतिपक्ष अनि जनमतको उच्च सम्मान गर्ने वामदेवजीहरूलाई सडकमा ल्याएर यो भीड़लाई पनि नैतिक शिक्षा दिन पाए कस्तो हुन्थ्यो होला ? भाषणले नबुझे पनि यी दलालहरूले उदाहरणबाट त बुझ्नै पर्ने हो ।

ओली, विद्या, देउवा, प्रचण्ड र वामदेवजस्ता नाम सुन्दै श्रद्धाले शिर निहुरिने उदाहरण हामीसँग कति छन् कति ! अर्को पुस्ता नि भनेर अड्को थाप्नुपर्ने पनि छैन । विष्णु पौडेलदेखि ईश्वर पोख्रेल र विजय गच्छदारसम्म स्वच्छ, शिक्षित, योग्य र इमान्दारको लाइन नै छ । दलाल र बिकाउहरूले के चिनुन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन : महामन्त्री शर्मा

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन

किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग

लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा देउवा र कोइराला पक्षका नेविसंघका कार्यकर्ताबीच झडप

विराटनगर ।  नेपाल विद्यार्थी संघ मोरङमा दुई पक्षबीच कुटाकुट भएको छ। बिहीबार स्वतन्त्र