सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।

कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुव्र्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । बैठकपछि बरिष्ठ नेता पौडेलले राज्यले दमककारी र राज्य सर्वसत्तावाद तर्फ जान लागेको भन्दै कांग्रेसले विरोध गर्न लागेको बताए ।

पौडेलले सरकार प्रतिगमनतर्फ उन्मुख रहेको भन्दै अब योभन्दा धेरै सहन नसक्ने र आफूमाथि भएको प्रहरी दमन सरकारी नीति अन्तरगत नै भएको उनले बताए । पौडेलले सरकारलाई सचेत गराउन एकदिने बिरोध कार्यक्रम राखिएको जानकारी पनि दिए ।

उनले पार्टीको पहिलो बैठकबाट आन्तरिक कुरालाई टुङ्ग्याएर अधिवेशनका विषयमा पनि छलफल गर्ने जानकारी दिँदै त्यसपछि विरोधका सशक्त कार्यक्रमलाई अघि बढाउने बताए । पौडेलले तनहुँमा भएको पक्राउ र दमनको घटनापछि आफु अझैपनि स्वस्थ्य नभएको र दुखाई कायम रहेको दुखेसो गरे ।

पौडेलले सरकारमा रहेका बेला देशलाई कम्युनिष्ट चरित्रमा लैजानुपर्छ भन्ने मानसिकताबाट सरकार अघि बढेको भन्दै यसको पहिलो चरण तनहुँमा देखिएको स्पष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको भन्दै पौडेलले ओलीलाई व्यवाहारले आफू लोकतन्त्रबादी भएको पुष्टि गर्न चुनौती दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका

कतारका अमिर नेपालमा ऊर्जा, यातायात र कृषि क्षेत्रमा सहकार्य गर्न सकारात्मक

काठमाडौँ ।  नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि

दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने