थप १४९० जनालाई कोरोना संक्रमण, १५६७ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १४९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४९० जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३६२४६ पुगेको छ ।
त्यस्तै बुधबार थप १५६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २१८१६१ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५३८ पुगेको छ । क्वारेन्टाइनमा ६०५ जना रहेका छन् भने आइसोलेसनमा १६५४७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।