नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा चीनकातर्फबाट कुनै समस्या छैनः रक्षामन्त्री वेइ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनका राज्य परिषद् सदस्य वेइसँग सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराए ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए । यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चीनमा औपचारिक भ्रमण भएको थियो ।

रक्षा मन्त्रालयको कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले चीनले नेपालमा दूरसञ्चार, रेल, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपाल समृद्धिका क्षेत्रमा चीनको विकास र सफलताबाट सिक्न चाहेको पनि बताएका थिए ।

प्रत्युत्तरमा चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नातर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्काे देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताएका थिए ।

सल्लाहकार डा भट्टराईका अनुसार मन्त्री वेइले चीन क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्तिका पक्षमा समेत रहेको स्मरण गराएका थिए । आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा आफूहरुले थप सैन्य सहयोग गर्ने विषयमा छलफल गरेको पनि मन्त्री वेइले जानकारी गराएका थिए ।
दुई देशबीच लामो समयदेखि घनिष्ठ र समस्यारहित सम्बन्ध रहेकामा दुवै नेताले भेटका अवसरमा सन्तोष व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीद्वारा दाबी पेस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीलाई एमालेको समर्थन

सुदूरपश्चिम । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा समर्थन गर्ने भएको

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

  काठमाडौँ ।  दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा

प्रशासनद्वारा मोरङमा सभा, सम्मेलन र भेला गर्न रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा राजनीति सभा, सम्मेलन तथा भोलामा गर्न