यस्तो पनि सरकार र दल हुन्छ ?



भीम उपाध्याय ।
पार्टी भनेको दुई अध्यक्षको मनोमानीमा चल्ने क्लब हो । जे काम पनि दुई जना अध्यक्षको सहमतिमा मात्र गर्नुपर्छ तर त्यहाँ मेरो कुरा मात्र सबैले मान्नुपर्छ, दुईजना अध्यक्ष भएपनि म मात्र रियल अध्यक्ष हुँ, अर्को त फाल्तु जोकर हो, दुई जनै सहमत भएन भने पार्टीको कुनै निर्णय वैध हुँदैन भन्ने तर आफू सहमतिमा भने कहिल्यै नआउने, बैठक नै नबसाल्ने, बसे पनि भागीभागी हिड्ने, सार्ने, स्थगित गर्ने, कुनै पार्टी पद्दति वा लोकतान्त्रिक पद्दति नअपनाउने, प्रधानमन्त्रीका अगाडी अरू कार्यकर्ता, दलका नेताहरू, प्रदेश सरकारहरू, राज्यका अंगहरू , जनता सबै मेरा नोकर, चाकर, दास र रैति हुन् भन्दै हिड्ने ।

प्रश्न उठे विभिन्न दलका वैधानिक निकायबाट वा संसदीय दल वा संसद बहुमत पुष्ट्याई गरेर म बहुमतमा छु है, नजिस्काउ भन्न डराउने, कुनै तरिकाको समस्याको निरूपण नगर्ने, अध्यक्ष भएर आफैं बैठक बोलाउनु पर्नेमा बिभिन्न बहाना बनाएर खोपीमा लुक्ने, कहिले बिरामी छु त कहिले कोरोना छ भन्ने, म कसैको कुरा सुन्दिन, मान्दिन, कानुन, संविधान, दल, विधान र कमिटीहरू मेरा पैतालीमुनिका धुलो हुन् भन्दै कसैलाई टेर्दिन, मान्दिन, ल के गर्न सक्छस् गर भन्दै हिड्ने ! यस्तो पनि सरकार र दल हुन्छ ? यस्तो पनि लोकतन्त्र हुन्छ ? अनि गणतन्त्र भनेको निर्लज्ज सर्वाङ्ग निवस्त्र ब्यवस्था हो भनेर पुष्टि गरिदिने ?

गणतन्त्र यस्तो हो भनेर पुष्टि गरिदिएर बाँदरलाई लिस्नो हालिदिने महान नेताप्रति सबै नेपालीको आँखा खोलिदिएकोमा सबैले आभार व्यक्त गर्नुपर्छ । नेपालीको अँखा खोलिदिएका महान नेताप्रति गदगद हुँदै सबैले धन्यवाद दिँदै इतिहासमा अनुग्रहित हुनुपर्छ । धन्यवाद दिनुपर्छ ।
गणतन्त्रलाई आर्यघाटको शवदाह गृहभित्र पुर्याएर खरानी बनाएवापत महान नेताको नाम इतिहासमा ’सुनौलो’ अक्षरले अवश्य लेखिनेछ । मिले मिल, नमिले नमिल, त्यसले नेपालको राजनीतिमा तात्विक फरक अब कहिल्यै पार्ने छैन । आगे जो होगा देखा जाएगा !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुम्भमेला र पशुपतिको शिवरात्री

-डा. गोविन्दशरण उपाध्याय । भारतको महाकुम्भमा ६० करोड़ मान्छेले स्नानको अन्तिम दिनमै नेपालको

सरकारले भूकम्प प्रभावित जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनःस्थापनालाई तीव्र बनाउने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको

राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान

कार्यसम्पादन मूल्यांकन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैँमा अपरिपक्व र अनुचित छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने अधिकार