यस्तो छ प्रधानमन्त्री ओलीको प्रतिवेदन (पूर्णपाठसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीमा देखिएको सङ्कट समाधान गर्नेसम्बन्धी प्रतिवेदन पेश गरेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ओलीले पेश गरेको प्रतिवेदनमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावलाई कुण्ठा र कृत्रिम आरोप संगालोको संज्ञा दिइएको छ । ३८ पुष्ठको प्रतिवेदनबाट उहाले पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् ।

त्यस्तै अध्यक्ष ओलीले एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता–विग्रह र विघटनको बाटोमा? भन्दै प्रश्न गरेका छन् । पछिल्लो चुनावी प्रसंगलाई जोड्दै ओलीले बाह्य शक्तिको दवाव र प्रभावमा प्रचण्ड परेको आरोप पनि प्रतिवेदनमा लगाइएको छ ।

ओलीले पार्टी एकता भए पनि नेकपा एमाले र पूर्व माओवादीको गणितीय समीकरणको खेल सुरु भएको उल्लेख गरेका छन्। नेकपा सचिवालयको अर्को बैठक यही मङ्सिर १६ गते पार्टी कार्यालय धुम्रबाराहीमा बस्ने र अध्यक्षद्वयले रोखेको प्रस्तामाथि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए । शनिबारको बैठकमा ओलीसहित प्रचण्ड, माधवकुमार नेपाल र वामदेव गौतमले धारणा राखेका थिए ।

यसअघि कातिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए । सहमति गरेर प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने अडान ओलीले राखे पनि प्रचण्ड सहमत नभएपछि नेकपा भित्रको विवाद चुलिएको छ । नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

यस्तो छ ओलीको प्रस्ताव

 

यसअघि ओलीलाई प्रचण्डले लेखेको यस्तो छ पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार