कथा : रहस्य



प्रभादेवी पौडेल ।
सानैमा जुनकिरीलाई बिहे गरेर मुग्लान गएको धने धेरै बर्ष पछि मात्र घर आएको थियो।फूलमाया छोरो आएको देखेर निक्कै खुसी हुदै नजिकै गएर बसिन् र भनिन्, -” फुनै नगरी आइस्त बाबू एक्कासी ?” -” गरेकोत होनी आमा बाबुलाल साहुको फोन बिग्रिएको जस्तो लाग्यो फोन नै उठेन , पत्र पठाएको त थिएँ नी ,बरु मै चाडै आइपुगेछु।”बुहारी तिर हेर्दै फुलमायाले भनिन् -” यता आइज जुनकिरी आफ्नो खसमलाई ढोगीदे ।” जुनकिरी डराउॅदै आएर परैबाट यसो भुइमा मुन्टो राखेर भागिहाली।धेरै टाढाबाट आएको भोकपनि लाग्यो होला तँलाई भन्दै फूलमाया भित्र पसेर एक बटुको मोही र भटमास मिसेका मकै थालमा लिएर आइन्। आमा छोराका ब्यबहारिक गफ़ भए।

जुनकिरीलाई छाडेर जाँदा भर्खर जुँगाको रेखी मात्र बसेको थियो धनेको अहिले ऊ लक्का जबान भैसकेको थियो।जुनकिरी हदै सोझी केटी थिई । मेलापात दाऊरा घाँस गर्दा सासू फूलमाया संगै जान्थि। लेनदेन घर ब्यबहार सबै सासुलेनै धानेकि थिइन्। धने पिढीमा बसेर यौबनले धपक्क बलेकी आफ्नी पत्निलाई उनी जता गयो त्यतै आॅखा झिमिक्क नगरी छड्के पाराले हेरिरहेको थियो। धनेको यो चाला देखेर निकै सर्माएकी थिइ जुनकिरी। पर परबाट कहिले भित्र पस्ने र बाहिर आउने गर्दथि ।

फूलमाया बेलैमाथि भान्छा तिर लागिन्।खाना खाने बेला भयो। धने भान्छामा चढ्यो।खाना खाएर उठ्यो तुरुन्तै जुनकीरीले थाल उठाऊन लागि, यो देखेर फूलमायाले भनिन् ,- “पख एक्छिन् नउठा ,आफ्ना बाहुनको जुठो खाए माया बढ्छ भन्छन्” भनेर फुलमायाले त्यही थालमा खाना पस्किदिइन्। भातको पुरा राखिदिएको सानो डल्लो मुनी घिउ राखेको रहेछ। यो देखेर जुनकीरी भाबुक भई। खाना खाएपछि भाडा लिएर जुठेल्नुमा गई । एकै छिनमा धने पनि त्याही गयो र भन्यो , – “खै यसो हामी पनि साघाई लाउँन मिल्छ की ?” धानेका यि कुरा सुनेर जुनकिरी झन् लजाई। उसले जग बाल्टीमा डुबाउॅदै भाॅडा पखाल्न सहयोग गर्यो र भन्यो, “जुनु भरे जसरी पनि म सुतेको कोठामा आऊ है मैले तिमीलाई नै पर्खिएर बस्नेछु । ” यति भनेर ऊ सुत्न गयो। सासुले भने अनुरुप जुनकिरी दिउरीमा तेल लिएर गई र धेरै बेर ढोका बाहिरै बसेर फर्किएर आई।यो फुलमायाले देखि रहेकी थिइन्।

बत्तिको सुबिधा नहुनाले औसिको रात बेलुका चारैतिर अमिलो घोप्टिए जस्तो अध्यारो भएको थियो।कति काम त यसो सारमा नै गर्दथे। सुत्ने बेलामा एक गिलास दुध पिएर सुत्ने बानी थियो दुबैको। धनेको लामो समयको प्रतीक्षा पछि कोहि भित्र पसे जस्तो लाग्यो उसलाई ,दुधको गिलास टेबुलमा राखेर उनी के बाहिर निस्किन खोजेकी थिइन् धनेले हातमा च्याप्प समातेर खाटमा लडायो। यसरी जोडले समाउदा केहि चुराहरु पनि फुटेका थिए।उनी आत्तिदै केहि भन्न खोज्दै थिइन्। उसले उनको मुख हातले थुनिदियो।उसले दायाॅ बायाॅ नहेरि आफ्नो दम्भ पुरा गर्यो।उनी केहि नबोली त्यहाबाट बाहिर निस्कीईन्।

भोलिपल्ट बिहान सबेरै उठेर जुनकिरीले दैलो कुचो गोठ धन्दा सकेर चिया बनाई पहिला धनेलाई लगिदिइ। यहि मौका पारेर घनेले जुनकीरीलाई भन्यो , “राती किन डराएकी नी मोरी? म बाघ होइन भालु होइन , झन् यतिका बर्षमा घर आएको तिमी संग कति रहर साटुला भनेको , अब त जान्न होला मुग्लान पनि ।” धनेको यो कुरा सुनेर जुनकिरी लजाएर घोसे मुन्टो लगाई।सासुलाई चिया दिन जाँदा खोपीमा नदेखेपछि यता उता हेरी।चारै तिर खोज्दा पनि नभेटेर धनेलाई भनि दुबै मिलेर सबै ठाऊँमा खोजे फूलमायाको अत्तो पत्तो लागेन। सबै छिमेकी ईस्ट मित्रलाई खबर भयो। सबै मिलेर धेरै ठाऊँ खोज्दै थिए , एकजना छिमेकी दौडदै आएर भने ,- “फूलमाया काकी ततल्लो बारीमा अम्बाको बोटमा झुण्डिनु भएको छ।” सबै मिलेर हेर्न जाँदा फुलमायाले यो धर्ती छोडी सकेकी रहिछिन्। दायाँ हातको नाडीमा केहि काटेको घाऊ बाहेक अरु कुनै चिन्ह देखिएन। दुबैलाइ सोध्दा त्यस्तो नराम्रो केहि नभएको पाइयो। यस्तो अतिनै मिलेको परिवार हुनाले कसैले पनि घर परिवार प्रति शंका गर्ने ठाऊँ नै थिएन।

केहिबेर पछि प्रहरीको रोओभरमा लास घर ल्याएर सती गति गर्न लगियो।तेह् दिनको काजक्रिया पनि सकियो। भर्खर घर पनि आउनु आमाको मृत्यु पनि हुनु धने र जुनकिरीलाई पर्नु पीर पर्यो। उनीहरु दुबै भारि मन लिएर सबै घर कोठा सफा गर्न तिर लागे धने आएको दिनमा सुतेको कोठा सफा गर्दा फुटेको चुराका केहि अँश भेटेर भन्यो , “जुनकिरी यता हेरत तिम्रै कारण त होनि यि चुराहरु फुटेका।” धनेका यि कुरा सुनेर उसले ले हास्दै भनि, -“यि हेर्नू त मेरो त कुनै हातको पनि चुरा फुटेको छैन , पहिला आमा सुत्नुहुन्थ्यो यो कोठामा त। हजुर आउनु भन्दा तीनदिन अगाडि सफा गरेर निस्किएदेखी म त यो कोठामा पसेकै छैन भन्यां , बल्ल पसेको उहि आमा जाने दिनमा बिहान हजुरलाई चिया दिन पसेकी मात्र हुँ। ” “के कसम खाएर भन्न सक्छेऊ म पसेकै छैन भनेर ?” ” सक्छु नी किन नसक्नु, धरो धर्म हजुरकै कसम भयो ल ।” उनका कुरा सुनेर उ झस्कियो र मनमनै सोच्यो। ऊसो भए त्यो रातमा हातमा दुधको गिलास समाएर ल्याऊने मान्छे को त? उसैले आफैले आफैलाई प्रश्न गर्यो।
भरतपुर ९,चितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको