थप १७०३ जनामा कोरोना संक्रमण, १२३६ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १७०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२९३४३ पुगेको छ । त्यस्तै शुक्रबार थप १२३६ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २०९४३५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४३५ पुगेको छ । क्वारेन्टाइनमा ६०१ जना रहेका छन् भने आइसोलेसनमा १७२३७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।