भारतको छिमेक सम्बन्धमा नेपाल पहिलो प्राथमिकतामाः विदेश सचिव श्रृंगला



काठमाडौं । भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतबीचको सहकार्य आवश्यक रहेको बताएका छन् । एशियन इनष्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा श्रृंगलाले नेपाल–भारत सम्बन्ध दुवै देशका जनताको हितमा रहेको भन्दै राष्ट्रिय सपना पूरा गर्न पनि नेपाल र भारतबीचको सहकार्य आवश्यक रहेको बताएका हुन् ।

उनले भारतलाई मध्य आर्थिक आर्जन गर्ने मुलुकका रूपमा पुर्याउने सपना देखेको र नेपालको पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य रहेको जनाउँदै नेपाल र भारतलाई एकअर्काको आवश्यकता पर्नेमा जोड दिए ।

श्रृंगलाले सरकारको नेतृत्वमा आएदेखि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेक सम्बन्धलाई पहिलो प्राथमिकता दिएको जिकिर गरे ।

रतका विभिन्न कम्पनी कोरोनाको खोप उत्पादनमा लागिरहेको भन्दै श्रृंगलाले छिमेकी भएका नाताले नेपालको आवश्यकतालाई प्राथमिकता दिने उनले बताए । उनले जलविद्युत् क्षेत्रले नेपालको अर्थतन्त्रलाई बलियो बनाउने पनि धारणा राखे ।

श्रृंगलाले नेपालको पूर्वाधार विकासमा भारतले सदैव सहयोग गर्ने जानकारी पनि दिए । बिहीबार नेपाल आएको श्रृंगला नेतृत्वको टोली र नेपाली टोलीबीच बिहीबार नै दुईपक्षित छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिर नेपालमा ऊर्जा, यातायात र कृषि क्षेत्रमा सहकार्य गर्न सकारात्मक

काठमाडौँ ।  नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि

दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने

संसद तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जा गयो

काठमाडौँ । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि होः पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको