नेपालमा दर्शन (सिद्धान्त) विनिर्माणको सन्दर्भ



डा. गोविन्दशरण उपाध्याय ।

नेपालीहरूले सिद्धान्त विनिर्माणमा काम गरेकै छैनन् भन्ने आरोपहरू सुनिन्छ तर यो सत्य होइन । विदेशीहरूले निर्माण गरेका सिद्धान्तहरूमात्र पढ्ने वानी परेर एस्तो भएको हो । सिद्धान्त विनिर्माण गरेर नेपाल र नेपालीको विश्वमा बर्चश्व स्थापित गर्ने नेपाली विद्वानहरू छन् । ती मध्ये केही विद्वानहरूले नेपाल मैं वसेर कठोर अनुसन्धान गरेर मौलिक सिद्धान्तहरू प्रतिपादन गरेका छन् भने केही नेपालीहरूले विदेशी विश्वविद्यालयहरूमा अध्ययन÷अध्यापन गराउंदै सिद्धान्तहरू अभिनिर्माण गरेका छन् । हामीले ती सिद्धान्त र सिद्धान्तकारहरूको पहिचान र अभिलेखीकरण गरेका छैनौँ । सरकारी निकायहरूले मौलिक सिद्धान्त खोज्नेहरूको सम्मान गर्न सकेको छैन र नेपाली विश्वविद्यालयहरूमा नेपाली विद्वानहरूले खोजेका सिद्धान्तहरूलाई महत्व दिएर पुनः अनुसन्धान गर्ने परम्परा विकसित भएको छैन ।

सिद्धान्त(अभिनिर्माणका लागि कठोर अनुसन्धान अपेक्षित हुन्छ र अनुसन्धेय विषयका हरेक पक्षको समालोचनात्मक ज्ञान हुनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा अनुसन्धातामा “जुनुन“ हुनुपर्छ । यस्तो “जुनुन“ले आफूलाई अनुसन्धानका लागि समर्पित गरेर “सिद्धान्त निर्माण“ गरेका नेपालीहरूको पहिचान हुनुपर्छ । सिद्धान्त र सिद्धान्तकारहरूलाई सम्मान दिंदा नेपाली विद्यार्थीहरूमा नवीनतम सिद्धान्त निर्माण गर्ने प्रेरणा प्राप्त हुन्छ । सिद्धान्त निर्माण गर्नु भनेको भविष्यका लागि हजारौं अनुसन्धानका ढोका खोल्नु सरह हो । हामीले सिद्धान्त र सिद्धान्तकारको महत्व बुझ्नुपर्छ ।

असलमा सिद्धान्तकारहरू विश्वविद्यालयका प्राध्यापक मात्र होइनन् एकदमै साधारण र कसैले नाम नै नसुनेका व्यक्तिहरू पनि छन् । केवल विद्यावारिधिले (एजम्) कुनै सिद्धान्तकार बन्दैन । यदि कुनै विद्यावारिधि गरेको विद्वान सिद्धान्तकार बन्छ भने सुनमा सुगन्ध हुन्छ तर विश्वका अधिकांश मौलिक सिद्धान्तहरूका अभिनिर्माणहरू विविभन्दा वाहिर भएका छन् र पछि विश्वविद्यालयहरूले तिनको सम्मान गरेका छन् अर्थात् अनुसंधेय विषय बनाएका छन् । नेपालमै पनि विश्वविद्यालयबाट कुनै पनि औपचारिक वा अनौपचारिक डिग्री प्राप्त नगरेका विद्वानहरूका कृतिहरूमा धेरै विद्यावारिधि गरिएका छन् र गरिने छन् ।

नेपालमा चारप्रकारका सिद्धान्तकारहरू भन्ने मेरो निजी ठहर छ ।
(१) परम्परागत (२) परम्परागत र आधुनिक (३) आधुनिक (४) अनुकारणात्मक । परम्परागततहका व्यक्तिहरू ती सबै अनुसन्धाता हुन् जसले विविका डिग्रीहरूको अपेक्षा गरेनन् ( वा त्यस बखत विविले पठनपाठनलाई नियमित गर्ने परम्परा नै थिएन) र आफ्नै स्थानीय मौलिक ज्ञानका आधारमा कठोर परिश्रम गर र सिद्धान्तहरू प्रतिपादन गरे । मिथिलाञ्चलका गंगेश उपाध्याय, जोसमनी सन्तहरू, ज्योतिषीहरू, वैद्यहरू, कृषकहरू, शिल्पीहरूआदि पर्छन् । उदाहरणका लागि युनेस्कोले विश्व सम्पदासूचिमा सूचिकृत गरेका स्थान र भवनहरू, नेपाल आर्काइभ सेन्टरमा राखिएका असंख्य हस्तलिखित पुस्तकहरू भित्ररहेको ज्ञानआदि पर्छन् । यी सिद्धान्तकारहरूका सिद्धान्तहरूप्रति आधुनिकहरूले उपेक्षा गरे पनि सम्पूर्ण नेपाली समाज यिनै सिद्धान्तहरूले निर्देशित र संचालित छ ।

दोस्रो तहका सिद्धान्तकारहरू ती हुन् जसले आधुनिक विश्वविद्यालयमा शिक्षादीक्षा प्राप्त गरेका छन् र परम्परागत ज्ञानपरम्परामा (संस्कृत, नेवारी, किराती, मैथिलीआदिमा) पनि राम्रो पकड छ तथा स्वयं पनि ज्ञानपरम्पराका साधक हुन् । यो तहमा धेरै अनुसन्धान भएका छन् तर ती सबै अनुसन्धानलाई “मौलिक सिद्धान्त“ भनेर स्वीकार्न सकिन्न । मसंग केही प्रतिक उदाहरणहरू छन् जसमा महेशराज पन्त, दिनेशराज पन्त, गोविन्दशरण, कुलराज गौतम, निर्मलमणि अधिकारी, दिवाकर आचार्य, विद्यानाथ उपाध्याय, बालचन्द्र लुइँटेल, स्थानेश्वर तिमिल्सिना, विशाल सिटौला आदि पर्छन् । ती मध्ये संचारक्षेत्रमा “साधारणीकरण“को मौलिक सिद्धान्त निर्माण गरेका निर्मलमणी अधिकारी बढी चर्चित छन् ।

तेस्रो तहमा मैले “आधुनिक“ सिद्धान्तकारको परिकल्पना गरेको छु जसमा ती सबै सिद्धान्तकारहरू पर्छन् जसले आधुनिक विज्ञानमा आधारित रहेर सिद्धान्तहरू प्रतिपादन गरेका छन् । यी सिद्धान्तकारहरू सीमारहित छन् । देश विदेशमा कार्यरत छन् । यिनले प्रतिपादन गरेका, खोज गरेका सिद्धान्तहरूलाई देशविदेशमा सम्मानका साथ उदृत गरिन्छ । मैले केही नाम लिनुपर्दा बालकृष्ण सम, उपेन्द्र देबकोटा, विद्यानाथ कोइराला, दुर्गा पराजुली, प्रतिक दाहाल अनेकौं छन् । यिनले गरेका खोज र सिद्धान्तहरूले विश्वलाई प्रभावित पारेको छ । चिकित्सा, भौतिकी, कृषि, यान्त्रिकी, खगोल, भूगोल, कृषिक्षेत्रमा अनेकौं विद्वानहरूले सिद्धान्तको तहमा काम गरेका छन् दुर्भाग्यवस यी सिद्धान्तकार र खोजहरूले जति विदेशमा ख्याति र सम्मान प्राप्त गरेका छन् त्यसको तुलनामा नेपालमा ओझेलमा छन् ।

चौथोतहमा ती सिद्धान्तकारहरू पर्छन् जसले विविमा पढेका त थिए तर राजनीतिक अभिरुचिका कारण राजनीतिक्षेत्रमा लागे । उदाहरणका लागि परम्परागत माक्र्सवादी चिन्तनमा (नेपालमा प्रगतिवादी विचारधारा पनि भनिन्छ) आधारित रहेर राजनैतिक सिद्धान्त निर्माण गर्न प्रयत्न गर्नेहरूमा स्व. मदन भण्डारी (जवज) पुष्पकमल दाहाल (प्रचण्डपथ) अगाडी छन् । यी दूवैले राजनैतिक क्षेत्रमा पोखेको चिन्तनले समाजका हरेक क्षेत्रमा प्रभाव परेको छ । समर्थकहरूले यी प्रभावलाई “सकारात्मक“ भन्लान् र विरोधीहरूले अस्वीकार गर्लान् तर प्रभावलाई नकार्न सकिन्न र मिल्दैन । राजा महेन्द्रले निर्माण गरेको पंचायत पनि साम्यवाद, पूँजीवाद तथा समाजवादको सम्मेलन भए पनि यसमा नेपालका मौलिक परम्पराहरू जसमा ग्रामकुल, जनपदकुल, राज्यकुलआदि समावेश गरिएका थिए । स्व. विपी कोइरालाले समाजवाद अगाडी सारे तर उनको समाजवाद साम्यवाद, पूँजीवाद र फान्सेली मोडेलको सम्मेलन थियो । चौथोतहका सिद्धान्तकारहरूमध्ये धेरैजसोले नेपालका मौलिक तथा परम्परागत ज्ञान परम्पराहरूलाई “विकास र प्रगतिको विकासका बाधक“का रूपमा बुझे र विदेशी प्रतिमानहरूलाई नेपालीकरण गर्ने प्रयत्न गरेका छन् ।

उपरोक्त चारप्रकारका सिद्धान्त र सिद्धान्तकारहरूका आ आफ्ना विशेषता र न्यूनताहरू छन् । मेरो विचारमा नेपाल यस्तो शौभाग्यशाली देश हो जहाँ आधुनिक विश्वविद्यालयमा परम्परागत सिद्धान्तहरू खोज गर्ने र सिद्धान्त अभिनिर्माण गर्ने प्रचुर सम्भाव्यता छ । आधुनिकताको दम्भमा परम्परागत ज्ञानलाई अस्वीकार गरे पनि नेपाली समाज परम्परा मै आधारित रहेर संचालित छ । आधुनिक र प्राचीन दूवै ज्ञान परम्परामा समानतहमा काम गर्न सक्ने निष्पक्ष विद्वानहरू (हिन्दू, जैन, बौद्ध, किराती, बोन तथा अन्य रैथाने परम्परासंग जोडिएका भिजेका र अभ्यास समेत गर्न सक्ने) हाम्रो समाजमा विद्यमान छन् । हाम्रा अनुसन्धाता, विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू तथा अन्य सम्बन्धित निकायहरूले उपरोक्त उपलब्ध विज्ञहरूका ज्ञानको समुचित उपयोग गर्नुपर्छ । मैले लेख्दैमा नेपाली विविहरूका अनुसन्धान केन्द्रहरू र सरकारी निकायहरू राजनैतिक पक्षपातबाट मुक्त हुने कुनै सम्भावना छैन । तैपनि राजनैतिक दलकै प्रतिनिधि भए पनि ती केन्द्रका प्रमुखहरू निःसन्देह विद्वानहरू नै हुन्छन् ।

आफ्नो विज्ञता र ज्ञानलाई २५५ भए पनि स्वतन्त्र प्रयोग गरेर आफ्ना अनुसन्धाताहरूलाई “मौलिक सिद्धान्त विनिर्माण“का लागि प्रोत्साहित गर्नुपर्छ । अनुसन्धाताहरूले मौलिक सिद्धान्त निर्माण गर्न सके नेपाल र नेपालीको विश्वले सम्मान गर्ने छ । केवल विदेशी प्रतिमानहरूको नक्कल गरेर, आधुनिकताको नाममा परम्परागत ज्ञान परम्परामा निहित सिद्धान्तहरूको उपेक्षा गरेर र तटस्थ रहेर सिद्धान्तहरूको विकास हुँदैन । नक्कल नक्कल नै हुन्छ, नक्कलीलाई विश्वले नक्कली भनेर नै चिन्छ । परम्परा र आधुनिकता दूवै अवस्थाहरू उपलब्ध भएको नेपाली शिक्षाको क्षेत्रसंग “सिद्धान्त विनिर्माण“ गरेर फड्को मार्ने ठूलो सम्भावना छ । हामी सबै मिलेर यस्तो सम्भावनाको उपयोग गरौँ, उपयोग गर्न चाहनेहरूलाई सहयोग गरौँ र नेपाललाई सिद्धान्तकारका रूपमा स्थापित गर्ने/गराउँने जस प्राप्त गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुम्भमेला र पशुपतिको शिवरात्री

-डा. गोविन्दशरण उपाध्याय । भारतको महाकुम्भमा ६० करोड़ मान्छेले स्नानको अन्तिम दिनमै नेपालको

सरकारले भूकम्प प्रभावित जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनःस्थापनालाई तीव्र बनाउने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको

राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान

कार्यसम्पादन मूल्यांकन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैँमा अपरिपक्व र अनुचित छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने अधिकार