संसदीय सुनुवाई समितिले संवैधानिक आयोगहरूमा पदपूर्ति नभएकोबारे प्रधानमन्त्रीसँग छलफल गर्ने



काठमाडौं । संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले बिभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त नहुँदा कार्यसम्पादनमा समस्या देखिएको भन्दै आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको हो ।

महिला, दलितलगायतका आयोगहरू स्थापना भएदेखि पदाधिकारी र सदस्य नियुक्ति नभएका तथा केही आयोगमा अध्यक्ष मात्रै नियुक्त भएको र बाँकी पद रिक्त रहेकाले ती पद पूर्तिका लागि अविलम्ब नियुक्तिको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको समिति सभापति लक्षमणलाल कर्णले जानकारी दिए ।

त्यस्तै बैठकले समानुपातिक र समावेशी रूपमा संवैधानिक र राजनीतिक पदहरूमा हुने नियुक्ति गर्नका लागि आवश्यक कानून बनाउनपनि सरकारलाई निर्देशन दिएको छ । समानुपातिक समावेशी सम्बन्धित संविधानको प्रस्तावना र संविधानको मौलिक अधिकारको धारा ४२ मा गरिएको व्यवस्थाअनुसार विधेयक ल्याउनका लागि निर्देशन दिइएको उनले बताए ।

बैठकमा छलफलका लागि बोलाउँदा पनि प्रधानमन्त्री नआएको भन्दै आगामी बैठकमा उपस्थित हुन प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरिएको कर्णले जानकारी दिए ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिभिन्न कारणले संवैधानिक निकायमा नियुक्त गर्न ढिलाई भएको बताएका थिए । प्रधानमन्त्रीले पटक पटक संवैधानिक परिषद्को बैठक बोलाउँदा पनि कोरम नै नपुग्ने अवस्था समेत आएकाले पनि नियुक्तिमा ढिलाई भएको हुन सक्ने भन्दै उनले समानुपातिक र समावेशी रुपमा नियुक्त गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

फरक प्रसंगमा मन्त्री ज्ञवालीले नेपालमा हुन लागेको चीन र भारतबाट दुई उच्चस्तरीय भ्रमणले छिमेकी देशसंगको सम्बन्ध मजबुद हुने उल्लेख गरे ।

उनले भ्रमणका क्रममा तीनवटै मुलुक मिलेर जानुपर्ने नेपालको सन्देश हुने र नेपालको अन्य सन्देश नहुने स्पष्ट पारे । बैठकमा समिति सदस्यहरुले संवैधानिक निकायको नियुक्तिमा भागबण्डा हुने गरेका कारण नियुक्तीमा ढिलाई भएको बताएका थिए ।

उनीहरुले छिटो भन्दा छिटो समानुपातिक र समावेशी सिद्धान्तका आधारमाा संवैधानिक आयोगमा नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

कर्णालीमा रणसिंह परियारलाई मन्त्री बनाउन माओवादीको सिफारिस

कर्णाली । कर्णाली प्रदेश सरकार बनेको दुई सातापछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ

नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्ने सरकारको तयारी

  काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले

शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो

सुमना श्रेष्ठ । साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने