सत्ताभित्रै जन्मिएका प्रतिपक्षीले सरकारप्रति भ्रम सिर्जना गरेः संचारमन्त्री



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सत्ताभित्रै जन्मिएका प्रतिपक्षीले सरकारप्रति भ्रम सिजर्ना गर्न खोजेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरेको पुस्तक बिमोचन कार्यक्रममा मन्त्री गुरुङले प्रतिपक्षी कमजोर भएका बेला सत्तापक्षभित्र नै प्रतिपक्षी जन्मीएर सरकारप्रति भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् ।

उनले कोरोना महामारीका कारण मुलुक अप्ठेरोमा रहेका बेला सवै एकतावद्ध हुनुपर्नेमा आफ्नै पार्टीभित्रका केहि व्यक्तिहरु विरोधमा उत्रेका कारण खुलेर काम गर्न नसकेको गुनासो गरे ।

पार्टीभित्र सत्ता र शक्तिकै कारण विवाद भएको हो भने सरकारका मन्त्रीहरु त्याग गर्न तयार रहेको भन्दै मन्त्री गुरुङले अहिले नै प्रधानमन्त्री वा सरकारको नेतृत्व परिवर्तन गर्न भने नहुने तर्क गरे ।

अहिलको अवस्थामा बर्तमान सरकारलाई कांग्रेसले पनि समर्थन गरेकाले पार्टीभित्रकै गैर राजनीतिक गतिविधिबाट सजग रहनुपर्ने उनले बताए । कार्यक्रममा मन्त्री गुरुङले डाँडाको लाँकुरी र दोलखाली सर्जक पुस्तक बिमोचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण