थप १९४८ जनामा कोरोना संक्रमण, ३१४० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९४८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२६०२६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३१४० जना निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २०७९९८ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३८९ पुगेको छ । क्वारेन्टाइनमा ६६९ जना रहेका छन् भने आइसोलेसनमा १६६३९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।