यी हुन् टिकटकमा १० करोड फलोअर नघाउने १६ वर्षे अमेरिकी किशोरी



टिकटकमा फलोअरको सङ्ख्या १० करोड नघाउने कीर्तिमान पहिलो पटक एक अमेरिकी किशोरीले बनाएकी छन् । लोकप्रिय भिडियो शेयरिङ माध्यम टिकटक चलाउन थालेको डेढ वर्षमा कनेटिकट निवासी १६ वर्षीया चार्ली ड’मिलिओले सर्वाधिक फलोअर बनाउन सकेकी हुन् । केही दिनअघि यूट्यूबमा प्रकाशित एउटा भिडिओमा उनको व्यवहारका कारण उनी विवादमा परेकी थिइन् ।

उनको परिवारले सञ्चालन गरेको रीयालिटी शृङ्खला ’डिनर विथ द ड’मिलिओ’ को पहिलो भागमा ती किशोरीले आफ्ना भान्सेसँग अपमानपूर्वक व्यवहार गरेको भनेर आलोचना गरिएको थियो । विरोधस्वरूप ६ लाख भन्दा बढी मानिसले उनलाई फलो गर्न छोडेका थिए ।

तर क्षमायाचनासहित आफूले राम्रो व्यवहार गर्ने वाचा गर्दै उनले एउटा भिडिओ प्रेषित गरेपछि उक्त विवाद टुङ्गिएको थियो । टिकटकमा कीर्तिमान बनेपछि चार्लीले आफ्ना शुभचिन्तक र प्रशंसकहरूलाई ट्विटरमार्फत् धन्यवाद दिएकी छन् ।

उनले लेखेकी छन्, ‘दश करोड मानिसले मलाई समर्थन गर्दैछन्… यो वास्तविक हो भनेर म विश्वास गर्न सकिरहेकी छैन ।’ धेरै प्रयोगकर्ताले जस्तै पहिलो पटक चार्लीले पनि शयनकक्षमा नाचेको व्यक्तिगत भिडिओ टिकटकमा हालेकी थिइन् ।

गत वर्ष टिकटक र बाहिर पनि उनको धेरै चर्चा भयो । पाँच करोड फलोअर हुने पहिलो कीर्तिमान पनि उनले गत अप्रिलमा राखेकी थिइन् । गत वर्ष उनले एउटा एनिमेटिड चलचित्र ’स्टारडग एन्ड टर्बोक्याट’का लागि आफ्नो स्वाराङ्कन गराइन् ।

फ्याशन र सौन्दर्य प्रशाधनका विश्वविख्यात ब्र्यान्डहरूसँग उनको व्यावसायिक सम्बन्ध छ । यही वर्ष उनको एउटा पुस्तक पनि प्रकाशित हुँदैछ । फोब्र्सका अनुसार गत वर्ष उनले विभिन्न ब्र्यान्डसँग गरिएका सम्झौताबाट नै ४० लाख अमेरिकी डलर कमाएकी थिइन् । यो वर्षको आरम्भतिर टिकटकमा “रेनगेड“ नृत्य ट्रेन्ड हुँदा उनलाई श्रेय दिइएपछि चार्ली विवादमा परेकी थिइन्।

त्यो नृत्य वास्तवमा जोर्जिआकी जालैया ह्यार्मोन नामक अश्वेत किशोरीले सुरु गरेकी थिइन् । चार्लीले आफूले त्यो ट्रेन्ड सुरु गरेको दाबी गरेकी थिइनन् । तर टिकटकको एल्गोरिदममा उत्पन्न समस्याका कारण जातीय पूर्वाग्रह झल्किनेगरी विवाद उत्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विघटन ठीक/बेठीकभन्दा पनि संविधानमा भएको व्यवस्थालाई ध्यानमा राखेर न्याय निरुपण हुनुपर्छ’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ

संसद विघटनको विरोधमा युवाहरुद्वारा सडकमा नमूना संसद बैठक आयोजना

काठमाडौं । संसद विघटनको विरोधमा नमूना संसदमा राष्ट्रिय सभाको बैठक गरी युवाहरुले विरोध

केही नयाँ सोच्नुहोस्, सबैले सबै ठाउँमा प्याच–प्याच बोल्नुपर्छ र ?

नारायण गाउँले । उसो त साह्रै अजासु बनेर जहाँ पायो त्यहाँ सुझाव दिने

विश्वका ६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको छ । विश्व