प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी हुन् । भेटमा उनीहरुबीच चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको अन्तरसम्बन्ध र त्यसको पछिल्लो घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

त्यसक्रममा राजदूतले अध्यक्ष प्रचण्डलाई चीनका राष्ट्रपति सी जिनपिङको पुस्तक हस्तान्तरण गरेकी थिइन् । पछिल्लो समय नेकपा भित्र विवाद बढेपछि चिनियाँ राजदूतको सक्रियता बढेको छ । केही दिनअघि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् ।