कोभिडविरुद्ध बनेको एन्टिबडी मानिसको शरीरमा कति समय रहन्छ ? यस्तो छ अध्ययनको निष्कर्ष



कोरोनाभाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा ६ महिना बस्ने र तिनले दोस्रो पटक सङ्क्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको एउटा अध्ययनले देखाएको छ ।

अक्स्फर्ड यूनिभर्सिटीद्वारा सञ्चालित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको नियमित कोभिड १९ परीक्षण र पहिला सङ्क्रमण भएको थियो कि थिएन भनेर हेर्न एन्टिबडी परीक्षण गरिएको थियो । शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ पुनः सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुन्छ । अर्को छुट्टै अध्ययनमा अरू कोरोनाभाइरसका कारण विकसित प्रतिरक्षा क्षमताले पनि कोभिड १९ हुन नदिएको देखियो ।

सङ्क्रमणविज्ञ डा. केटी जेफ्रीले कोभिड खोप बन्न लागेको अवस्थामा अक्स्फर्ड यूनिभर्सिटीको निष्कर्षलाई उत्साहवद्र्धक भनेकी छन् । उनका अनुसार एक चोटि भाइरसको सङ्क्रमण भएपछि फेरि कोभिड हुन नदिन छोटो अवधिकै लागि भए पनि सुरक्षा प्राप्त हुने अनुसन्धाताहरूले बताएका छन् ।

अक्स्फर्ड यूनिभर्सिटीको अध्ययनमा स्वास्थ्यसेवाका १२ हजार कर्मचारीलाई संलग्न गराइएको थियो। तीमध्ये ११ हजार जनामा कोभिड १९ को एन्टिबडी भेटिएको थिएन । भाइरल सङ्क्रमण हुँदा शरीरले एन्टिबडी निर्माण गर्छ । ती तत्वहरूले भाइरसलाई अन्य कोषभित्र छिर्न दिँदैनन् । अध्ययन आरम्भ गरिँदा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको सङ्क्रमण भयो ।

स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि गरिएको थियो । तर कोरोनाभाइरसविरुद्ध एन्टिबडी भएका कुनै व्यक्तिमा पनि अध्ययन अवधिभरि लक्षण देखिनेगरी सङ्क्रमण भएन । परीक्षण गर्दा एन्टिबडी बनेको पुष्टि भए पनि तीन जनामा भने लक्षणविहीन कोभिड १९ भएको पाइयो । उक्त समूहमा ७६ जनामा एन्टिबडी थिएन । तर ती तीन जना पनि बिरामी भएनन् ।

उक्त अध्ययनका अनुसार सार्स कोभ २ सँग फेरि संसर्ग हुँदा पनि लक्षण नदोहोरिनेगरी परिणाममा एकरूपता देखियो । यो अनुसन्धानमा कोभिड १९ गराउने कोरोनाभाइरसको स्पाईक प्रोटीन विरुद्ध बन्ने एन्टिबडीको अध्ययन गरिएको थियो । कोरोनाभाइरसको सतहमा बनेको काँडाजस्तो देखिने उक्त प्रोटीनलाई लक्ष्य गरेर अहिले खोप निर्माणको काम भइरहेको छ ।

अनुसन्धानमा सहभागी व्यक्तिहरूलाई ३० सातासम्म परीक्षण गरिएको थियो । यो साताको आरम्भतिर पब्लिक हेल्थ इङ्ग्ल्यान्डले गरेको एउटा शोधमा मानव शरीरको प्रतिरक्षा प्रणालीले बनाउने टी सेल नामक विशेष कोषको अध्ययन गरेको थियो । अध्ययनमा सहभागी गराइएका कर्मचारीमध्ये एकचौथाइमा टी-सेलको मात्रा उच्च भएको र ती कोषले शरीरभित्र रगतमा कोरोनाभाइरस भए पत्ता लगाउने गरेको देखिएको थियो ।

तर तीमध्ये आधाभन्दा केही बढीमा मात्र कोभिड १९ भएको पुष्टि भएको थियो । उक्त शोधले त्यस्तो प्रतिरक्षा क्षमता कोभिड १९ गराउने भाइरसबाहेक सामान्य रुघा गराउने अन्य कोरोनाभाइरसको सङ्क्रमणका कारण विकसित भएको हुन सक्ने निष्कर्ष निकालेको छ । पहिला कोभिड भएको भए पनि नभए पनि उच्च मात्रामा सम्बन्धित टी सेल भएका व्यक्तिहरूलाई चार महिनासम्म कोभिड १९ भएन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘एसइई’मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युुगमा प्रवेश गरेकाले

‘तपाईलाई किन पदबाट नहटाउने’ भन्दै कुलमानलाई उर्जा मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । ऊर्जामन्त्री दीपपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि

सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसद ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार