कथा: सम्पति



प्रभादेवी पौडेल।

दिउँसो घरको काम धन्दा सकेर यसो आँखा झिमिक्क मात्र के गरेकि थिइन् बृन्दाले बाहिर डम डम डमरुको आवाज आयो।यसो झ्यालको पर्दा उघारेर हेरिन्। गेरु रंगको बस्त्र लगाएका जोगी रहेछन्।जुरुक्क उठेर कचौरामा भिक्षा लिएर बाहिर गईन्। भिक्षा दिन लाग्दा चामल बाहिर पर्यो। जोगी तिर हेरिन् उसका आँखा एक तमासाले उनैलाई हेरिरहेका थिए।उनी निक्कै डराइन्। केहि नबोली फेरी ल्याएर दिईन् । किन किन त्यो जोगी देखेपछि उनलाई कुनै कुराको नौलो आभाष भयो। त्यो जोगी आँगनमा राखेको बेन्चीमा बस्यो र भन्यो ,-“माता केहि खान मिल्छ धेरै दिनको भोको छू ।” बृन्दाले भनिन्, “हामीले पकाएको भोजन चल्छ बाबाजी ? बिहान नुहाई धुहाई गरेर पकाईन्छ र बाहिर गएको लुगा ले छोइदैन।” -“जो मिल्छ उहि दिनू यो ऊ छैन।”

तरकारी बिहानैको हुनाले एकैछिनमा भात पकाई बाबालाई पस्किएर बाहिर ल्याइदिइन्। सादा रंगमा रहेकी महिला अतित तिर फर्कीईन्। खाना खाएर उसले सोध्यो , -“तपाईको पति कहाँ जानु भयो?” उनले भनिन्, -“उहाॅको धेरै बर्ष अगाडि निधन भैसक्यो।” -” कुनै बिमारी परेर हो?”
-“होइन आत्महत्या ।”
-“कसरी?” -“खोलामा डुबेर।”
-“पानी खाएर हो?”
-“खै थाहा भएन ।”
-“तपाईको आफ्नै आँखाले लास देख्नू भयो?”
-“अहँ देखिन।”
-“कुन आधारमा काज कृया गर्नु भयो?”
-“खोज्ने क्रममा जेठाजुले भाइले लगाउनु भएको कपडाको दशी तिरमा भेट्नू भएछ त्यसैको आधारमा काज क्रिया गरियो।” -“देवर जेठाजु संगसंगै बस्नु भएन?” -“उहाँहरु आफैले मलाई सानो छाप्रो बनाई दिएर यहाॅ राखिदिनू भयो, जग्गा पनि सबै उहाँहरुले आफ्नो नाममा पास गर्नु भयो, मलाई बर्ष बर्ष दिनमा पुग्ने अनाज दिनू हुन्छ।” -“दिन कसरी कटाउनु हुन्छ?” -“यस्तै सरसँगतमा गएर ।” -” अर्को बिहे गर्नु भएन जवानी त त्यतिकै खेर गयोनी त?”-” अहँ गरिन?
-“किन नगरेको?”

-“किन किन यो मनले भन्छ अझै उहाँ फर्किएर आउनुहुन्छ भनेर।”बृन्दका कुरा सुनेर जोगी निक्कै भावुक भयो र थाहा नपाऊने गरि आँसुका ढिका झारेर त्यहाँबाट बिदा भई त्यसै गाउको मन्दिर तिर लाग्यो।

मन्दिरमा आउने जानेले दिएको भेटी पैसाले गुजारा गर्ने निर्णय गर्यो।गाउॅमा नयाॅ जोगी भित्रिएको कुरा सबैलाई थाहा भयो। धेरैले त्यहि मन्दिरमा राख्ने कुरो गरे तर बृन्दाका देवर जेठाजुले डाॅडो कटाउने निर्णय गरे। यो ठग हो हाम्री भाउजुकोमा गएर भात खाएर हिडेछ । उनीहरुले जोगीबाट गाउँमा कुनै नराम्रो घटना घट्न सक्छ भनि त्यहाँ बाट लखेट्ने निर्णय गरे।ऊ जान मानेन तर बेसरी कुटे।झन् कमजोर भएर हिड्न सकेन। मन्दिरको पेटीमा धेरैदिन सुतिरह्यो।

दया माया लागेकाले दिएको खाएर पेट पाल्यो। एकदिन बृन्दा मन्दिर जाँदा उ पीडाले छट्पटीरहेको देखिन्। उनले कलशको जल मुखमा रखिदिइन्।उसले अन्तिम बाक्यहरु यस्तो भन्यो कि ,-“बृन्दा तिमीलाई एक्लै छाडेर बनारस जाने पापी मान्छे मै हुँ ,मैले त्यहाॅ गएपछि धेरै चिठी पठाई सक्याॅ तर तिमीबाट कुनै प्रतिउत्तर पाईन। यताबाट एउटा मात्र चिठी गएको थियो जसमा मेरो काज क्रिया भैसकेको र तिमीले अर्को बिहे गरेको भन्ने थियो।त्यसै हुनाले मैले सन्यास लिने निर्णय गरेको हुँ,कुनै मोडमा तिमी भेटियौ भने तिम्रा सामु पापको प्रायस्चीत्त गरौं भनेर आएको थिएँ ,यहाँ दाजुभाइले धेरै कुटनीति खेलेका रहेछन् , तर मैले तिरमा कुनै दशी राखेको थिईन।” यति भनेर जोगीले यस धर्तीबाट बिदा लियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकको राजनीतिक कडा ज्वरो

भीम उपाध्याय । मुलुकका सबै राज्य संयन्त्र अहिले एकदम कमजोर छन्। यस्तोमा यहॉ

३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदै

काठमाडौं । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय

सीमा सुरक्षा र अपराध नियन्त्रणमा लाग्न सशस्त्र प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने अपराध नियन्त्रणमा

नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा चीनकातर्फबाट कुनै समस्या छैनः रक्षामन्त्री वेइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ