थप १४४२ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १४४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २१२९१७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३५३८ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १८२७८० पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या १२५९ पुगेको छ । क्वारेन्टाइनमा ९१० जना रहेका छन् भने आइसोलेसनमा २८८७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।