थप ५०२ जनामा कोरोना संक्रमण, २८७८ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५०२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २११४७५ पुगेको छ । त्यसैगरी मंगलबार निको भई थप २८७८ जना डिस्चार्ज भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या १७९२४२ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १२४७ पुगेको छ । क्वारेन्टाइनमा १००३ छन् भने आइसोलेसनमा ३०९८६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।