रक्तबीज नियन्त्रणको भित्रीपाटो



डा. गोविन्दशरण उपाध्याय ।

चण्डीको पाठ गर्ने धेरैजसोले रक्तबीजको कथा पढेका छन् । कोभिड-१९ जस्तो महामारी नियन्त्रणमा नागरिक र सरकारी तन्त्रलाई यो कथाले निकै महत्वपूर्ण सल्लाह प्रदान गर्छ | देवी र रक्तबीज नामक असुरलाई बिम्व बनाएर प्रस्तुत गरिएको रगतबाट फैलिने महामारी र त्यसलाई नियन्त्रण गर्न मातृशक्तिहरूको प्रयत्नबाट हामीले धेरैनै शिक्षा ग्रहण गर्नुपर्छ ।

युद्धको अवस्थामा रगतबाट फैलिने महारोगले सम्पूर्ण विश्व आक्रान्त बन्यो । देवताहरूले पुन: मात्रिशक्तिसंग एसको नियन्त्रणका लागि प्रस्ताव राखे । युद्धरत देवीहरूले एकआपसमा गहन छलफल गरे । महाकाली (कालो रङ्गमा अर्को कुनै पनि रङ्गको प्रभाव हुँदैन)लाई रक्तबीजलाई फिल्डमैं गएर नियन्त्रण गर्ने अभिभारा मिल्यो । अन्य देवीहरूले वाहिरबाट रक्तबीज उपर सामुहिकरुपमा प्रहार गरे । महाकालीले बगिरहेको रगतलाई अन्य व्यक्तिहरूसंग संसर्गबाट जोगाइन् भने अन्य देवीहरूले साम,दाम, दण्ड तथा भेदहरूको प्रयोग गरेर रक्तबीजको गतिविधिलाई सीमित राखे ।अन्तत: रक्तबीज शक्तिहीन भयो र मर्यो ।

असलमा यो रुपकका रूपमा लेखिएको कथाले महामारी नियन्त्रण गर्न प्रयोग गरिएको प्राचीन मोडलको सूचना प्रदान गर्छ । यो कथाले भन्छ, महामारीका अवस्थामा सबैभन्दा उत्तरदायित्व मातृशक्तिमा आइपर्छ किनभने घरको सूरक्षाका सवालमा माताहरू बढी नै सक्रिय हुनुपर्छ । आज नेपालका गाउँगाउँमा आमा समुहहरू छन्, तिनको प्रयोग गरेर कोभिड-१९ लाई नियन्त्रण गर्नेतिर पहल गर्न सकिन्छ । व्यक्तिगत स्वास्थ्यका सवालमा घरभित्र महिलाशक्तिको जतिधेरै योगदान हुनसक्छ, अरूको हुनैसक्दैन ।

मुखखोलेर खकार निकाल्ने र त्यसबाट करोना भएको/नभएको पहिचान गर्ने विधि निकै रोचक छ । मलाई लाग्छ, महाकालीले मुख खोलेर रक्तबीजहरूलाई नियन्त्रण गरिन् भन्नुको अर्थ पक्कै पनि “मुखबाट कुनै औषधीय र्याल”को प्रयोग गरेर रक्तबीजलाई नियन्त्रण गरिएको पो हो कि ? नेपालीमा एउटा पुरानो उखान छ “जहाँ रोग हुन्छ त्यसको  उपचारको औषधि पनि त्यही नै हुन्छ ।”

परम्परागत चण्डीपाठ गर्दा कवच, अर्गला र किलक – यी तीनबटा स्तोत्रहरूको पाठ नगरीकन चण्डीपाठ गरेको फल मिल्दैन भनिएको छ । कवचको अर्थ सुरक्षा कवच हो, अर्गलाको अर्थ दैलोमा सुरक्षाका लागि लगाउने “आउलो” हो र किलकको अर्थ हो – पूर्णनियन्त्रण वा बाँधेर राख्नु । चण्डीपाठको यो परम्परा निर्वाह नगरिकन कुनै पनि महामारी नियन्त्रित हुनैसक्दैनन् । कवच कोरन्टाइन स्थल वा आत्मनियन्त्रणको मनोबैज्ञानिक विधि हो, अर्गला त्यस आत्मनियन्त्रणप्रतिको प्रतिबद्धता हो भने किलकले आत्मनियन्त्रित (self-qurantine) को अवस्थामा अन्यसंग संसर्गबाट पूर्णतया जोगिनुपर्छ भन्ने संदेश दिन्छ ।

चण्डीले “आत्मनियन्त्रण” व्यक्ति वा समाजले मात्र महामारीहरू नियन्त्रित गर्न सक्छन् र त्यस्तो आत्मनियन्त्रणको निगरानी महाकाली अर्थात् मात्रिशक्तिबाट हुनुपर्छ भन्ने अर्थ लाग्छ । साच्चिकै भन्ने हो भने व्यबहारिक यथार्थ पनि यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट

ओली सरकार अब नचल्ने निष्कर्षका साथ प्रचण्डले थाले छलफल, माधव नेपाल र राजेन्द्र लिङ्देनसँग वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँगको संवादलाई तीव्र

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने

गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही