यातायात कार्यालयको सास्तीबारे नुवाकोटे भुक्तभोगीको बयान



“भीम सर, आज बिहान एकजना सरकारी कर्मचारीले कर तिर्न जाँदाको पीडा तपाईँले शेयर गर्नुभा रैछ । म पनि अलि दिन अगाडि त्यसैगरि तिर्न नसकेर फर्केको थिएँ । बिहानको पोष्ट पढेपछि फेरि कर तिर्न भनेर एकान्तकुना गएँ । आफ्नो साधन पार्किङ गर्न लागेको मात्रै के थिएँ, के काम होला तपाईंको भन्दै यातायातका ब्रोकरहरू आउन थाले। भो, मैले एकछिन है भन्दै कर तिर्नको लागि चाहिने टोकन बुझ्न भित्र छिरे टोकन बिहानै सक्किसकेको जानकारी पाएँ ।

आज कर नतिरे तिहारपछि दोब्बर कर बराबरकै जरिवाना तिर्नपर्छ भन्ने हल्ला सुन्या थिएँ। निरीह बन्दै बाहिर आएँ । अघिका जस्तै अर्को हुल साथीहरुलाई भेट भयो । दाइ के कामले आउनु भो भन्दै सोध्न लागे । आफ्नो गाडीको कर तिर्न पर्ने सुनाएँ । लौ दाइ ढिलोआउनु भो हिजोसम्म रू ५०० ले काम तमाम हुन्थ्यो, आज त रू १५०० लाग्छ भन्न थाले ।

मलाई उहाँहरुको काम गर्ने तरिका बुझ्ने मन भयो म लाईन बसेर कर तिर्छु भन्दा सकिएको टोकन उहाँहरुलाई थप पैसा दिएपछि कसरी कर तिरिँदो रैछ भनेर । अब बार्गेनिङ गर्न थाले कर त आजै तिर्न पर्यो । मैले बार्गेनिङ गर्न थालेपछि ह्या दाइ तपाईं त हुलाक कार्यलयमा काम लिन आउनु भा जस्तो गर्नुभो । यो यातायात कार्यालय हो, बुझ्नुस् भने। मन झसङ्ग पार्दै थप रू ५०० मा काम आजै तमाम गर्ने सहमति बमोजिम कर चुक्ता गरेर घर फर्किएँ ।

कर तिर्न जादा यत्रो विधि लफडा किन ? अहिलेको जमानामा अनलाइन पेमेन्ट बनाउन नसकिएकै हो र ? प्रहरी प्रशासन मौन किन ? त्यस कार्यालयलाई अलि स्तरीय बनाउन सरकार किन उदासिन ? जनतालाई यस्तो महामारीमा कोरोनाको जोखिमको समेत वास्ता नगरी टोकन बाडेर दलालमार्फत आएका काम भित्रबाटै सक्ने कर्मचारीहरुलाई उचित दन्ड दिन मिल्दैन ? एकपटक यातायात मन्त्री ती कार्यालयमा छड्के जान मिल्दैन र ?
भीम सर, यो पोस्ट एकपटक तपाईँले पोस्ट गरिदिनुपर्यो तैपनि अलि राहत बनाउथे कि ? मेरो परिचय नखुलाइदिनुहोला, मात्रै नुवाकोटे लेखिदिनुस्।“
भीम उपाध्यायको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुम्भमेला र पशुपतिको शिवरात्री

-डा. गोविन्दशरण उपाध्याय । भारतको महाकुम्भमा ६० करोड़ मान्छेले स्नानको अन्तिम दिनमै नेपालको

सरकारले भूकम्प प्रभावित जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनःस्थापनालाई तीव्र बनाउने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको

राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान

कार्यसम्पादन मूल्यांकन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैँमा अपरिपक्व र अनुचित छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने अधिकार