थप २१११ जनामा कोरोना संक्रमण, ३५३७ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २०६३५३ पुगेको छ ।
त्यसैगरी शुक्रबार थप ३५३७ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १६८१२९ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ । क्वारेन्टाइनमा ९८६ जना रहेका छन् भने आइसोलेसनमा ३७०२२ जना सक्रिय संक्रमित रहेका छन् ।