काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभाका प्रमुख विपक्षी दलका नेता जीवन बहादुर शाहीले नेपाली भूमि अतिक्रमण नगरेको प्रमाण पेस गर्न चीन सरकारलाई चुनौती दिएका छन् ।
शाहीले विज्ञप्ति जारी गरी कुनै भुमि अतिक्रमण नगरेको प्रमाण पेश भएमा जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै शाहीले ग्लोबल टाइम्स पत्रिकाले लगाएका आरोपमा सत्यता नरहेको बताएका हुन् ।
चीनसँगको सीमा विवादका विषयमा बिश्वभरी हल्लाखल्ला हुदा सम्म पनि संघीय सरकार अहिले सम्म मौन रहनु यसमा केही न केही रहस्य लुकेको शाहीले आरोप लगाएका छन् । शाही नेतृत्वको टोलीले नेपाल चीन सीमा विवादका सम्बन्धमा तयार गरेको प्रतिवेदन यस अघि नै छानबिनका लागि प्रधानमन्त्री सहित संघिय सरकार र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइसकेको छ ।
सीमा विवादबारे सरकार मौन बसेर आफ्नो भुमी मिचिदा सम्म पनि सरकाले चीन सरकारलाई कुनै पनि औपचारिक पत्राचार नगर्दा चिनियाँ सञ्चार माध्यम मानमर्दन र प्रोपोगाण्डामा उत्रेकोमा दुःख व्यक्त गर्दै शाहीले यदि चीन सरकारले नेपाली भूमि मिचेको छैन भने सप्रमाण पेश गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया