चक्की होइन, खाना खाने कि ?



डा. अरुणा उप्रेती ।
अहिले औषधि पसलमा गएर भिटामिन सी किन्नेको भिड छ । तर किन कसैले पनि के के खानामा यो भिटामिन सी पाइन्छ भनेर विचार नगरेकै होला । अमला, अम्बा , बिमिरो, भोगटे, ज्यामिर, सुन्तला, नासपाती,जस्तो सहज रुपले पाइने बस्तुमा पर्याप्त मात्रामा भिटामिन सी मात्र होइन अन्य पोषक पनि पाईन्छन् । भिटामिन ‘सी’को प्रयोगले संक्रमणबाट बचाउँछ । भिटामिन ‘सी’मा रोग–प्रतिरोधात्मक शक्ति हुन्छ ।

भिटामिन ‘सी’को खोजी गर्दै औषधि पसलहरुमा पुग्नुभन्दा पहिले आफ्नै घरमा भिटामिन ‘सी’ भएका वस्तुहरू के छन् भनेर हेर्दा बेस हुन्छ । प्रायः सबै फलफूलमा धेरथोर बिमिरो त दिन नै कागती पानीले शुरु हुन्छ , हरेक दिन दुई अमला खान्छु , अम्बा र हलुवाबेद पनि खान्छु । कुनै पनि भिटामिनको चक्की खान्न । पैसा बचेको छ भिटामिन ‘सी’ पाइन्छ ।

त्यसैगरी टुसा उमारेको केराउ, मटर, चना आदिमा पनि पर्याप्त भिटामिन ‘सी’ पाइन्छ । यिनलाई काँचै सलाद बनाएर खाँदा प्रोटिन, लौहतत्व र भिटामिन ‘सी’ पाइन्छ । यसले रोगसँग लड्ने शक्ति प्रदान गर्छ । त्यस्तै गाउँघरमा सजिलै पाइने आलस, फर्सीको बियाँ, सूर्यमुखी फूलको बियाँ पनि सूक्ष्म पौष्टिक तत्वका भण्डार हुन् । दिनदिनै अलि–अलि प्रयोग गर्दा यी पदार्थले शरीरमा रोग–प्रतिरोधात्मक शक्ति बढाउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार र संसद् ऐन बनाउनेभन्दा पनि दलगत स्वार्थमा केन्द्रित हुनु दुर्भाग्य हो

काठमाडौँ । राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । संसदमा पहिलो पटक प्रवेश

सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने

मलद्वारमा सुन लुकाएर ल्याउने चार विदेशी त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन विभानस्थलबाट ३ किलो ७४५ ग्राम  सुनसहित चार जना पक्राउ परेका

पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने छ: प्रचण्ड

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग