थप २७३६ जनामा कोरोना संक्रमण, ८५३ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १९९७६० पुगेको छ ।
त्यसैगरी मंगलबार निको भई थप ८५३ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १६०५७७ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ । क्वारेन्टाइनमा १०५८ जना रहेका छन् भने आइसोलेसनमा ३८०३५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।