थप २५७१ जनामा कोरोना संक्रमण, १७९८ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५७१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९७०२४ पुगेको छ । आइसोलेसनामा ३६१७४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११२६ पुगेको छ । क्वारेन्टाइनमा ९२६ जना रहेका छन् । त्यसैगरी निको भई सोमबार थप १७९८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १५९७२४ पुगेको मन्त्रालयले जनाएको छ ।