थप २८१७ जनामा कोरोना, २८१२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा आइतबार थप २८१७ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ११६६ महिला र १६५१ पुरुष गरिथप २८१७ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा ७१० महिला र ८२३ पुरुष गरि १५३३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ संक्रमित फेला परेको जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ भने हालसम्म ११०८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । आइतबार २८१२ जना संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म १ लाख ५७ हजार ९२६ जना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
नेपालमा हाल ३५ हजार ४१९ जना आइशोलेशनमा छन् भने ११४९ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा हालसम्म १५ लाख ४० हजार ७७ वटा पिसिआर गरिएको छ ।