थप २७५३ जनामा कोरोना संक्रमण, २२०६ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १९१६३६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८७ पुगेको छ । बुधबार कोरोना संक्रमणल निको भई थप २२०६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १५५११४ पुगेको मन्त्रालयले जनाएको छ । आइसोलेसनमा ३५४३५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा ११४४ जना रहेका मन्त्रालयले जनाएको छ ।