औपचारिक बैठक डाक्न अध्यक्ष ओलीलाई सामूहिक आग्रह गर्ने धुम्बाराही बैठकको निर्णय



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूले सचिवालय बैठकका लागि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसमक्ष आग्रह गर्ने भएका छन्।

शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकले शनिबार प्रधानमन्त्रीलाई भेटेर बैठकका लागि आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भएको भेटबारे आफूपक्षीय नेताहरूलाई जानकारी गराएका थिए । आफूसँगको भेटमा ओलीले सहमति बेगर बैठक बोलाए त्यो पार्टी फूटको बिन्दु हुनेछ भनेर चेतावनी दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
कार्यकारी अध्यक्षलाई बैठक बोलाउने अधिकार भएपनि पार्टी एकता जोगाउन ओलीसँगको सहमतिमै प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएको श्रेष्ठले बताए ।

स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगर्दा पार्टीमा समस्या आएको आफूहरूको निष्कर्ष रहेको श्रेष्ठले बताए । उनले अहिलेको परिस्थितिमा पार्टीमा जुनसुकै प्रकारको समस्या, गत्यावरोधको स्थिति देखापरेको भएपनि सहमतिका आधारमा बैठक बस्ने र पार्टी एकतालाई बचाउँदै विधि र पद्धतिका आधारमा लैजान अविलम्ब बैठक बोलाउनुपर्छ भन्ने निष्कर्ष रहेको जानकारी दिए ।

बैठकमा सहभागी अधिकांशले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगर्दा समस्या आएको भन्दै ओलीलाई भेटेरै बैठक राख्न आग्रह गर्ने सुझाव प्रचण्डलाई दिएका थिए । ९ सदस्यीय सचिवालय मध्ये शुक्रबारको बैठकमा ५ सदस्य सहभागी थिए ।

बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागि भएनन् भने कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त

लगानी बोर्ड बैठकद्वारा अर्थमन्त्रीको संयोजकत्वमा सार्वजनिक–निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति गठन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले परियोजनाहरूको प्राथमिकीकरण

पोखरामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु

मलेखु । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस