थप २९०९ जनामा कोरोना संक्रमण, ४ हजार ५ सय जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २९०९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १,८८,८८३ पुगेको छ ।
आइसोलेसनमा ३४९०५ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी कोरोना संक्रमणबाट शुक्रबार थप ४ हजार ५ सय जना निको भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १,५२,९०८ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १०७० पुगेको छ । क्वारेन्टाइनमा १२५४ जना रहेका छन् ।