किन अमेरिकामा निर्वाचनबारे विवाद हुन्छ ?



केशवप्रसाद भट्टराई ।
१. नेपाल वा भारतमा जस्तो निर्वाचन संचालनगर्न अमेरिकामा कुनै सङ्घीय वा केन्द्रिय निर्वाचन आयोगको व्यवस्था छैन I
एउटा निर्वाचन आयोग त केन्द्रमा छ तर त्यसले राष्ट्रपति पदका उम्मेदवारहरूको निर्वाचन खर्चको अनुगमन गर्ने काम मात्र गर्दछ I
निर्वाचन कार्यको संचालन र रेखदेखको काम राज्य अर्थात् प्रदेश सरकार ( गभर्नर ) मातहतका स्थानीय तहले गर्ने गर्दछन् I
प्रदेशमा जुन पार्टीको सरकार हुन्छ, आफ्नो शासन अन्तर्गतको प्रदेश मा स्वाभाविक रूपमा निर्वाचनमा त्यसको प्रभाव रहने गर्दछ I

२. अमेरिकामा नेपालमा जस्तो केन्द्रिय स्तरको निर्वाचन आयोगले जस्तो मतदाता नामावली तयार गर्ने कुनै निकाय छैन I
मतदाता नामावली सङ्कलन, दर्ता र व्यवस्थापनको कार्य पनि स्थानीय तहबाट नै हुन्छ I
कसैलाई मतदाता बनाउने वा नबनाउने निर्णय स्थानीय तहले नै गर्दछ I

३. प्रदेश वा राज्यको नियम अनुसार स्थानीय तहले मतदाता नामावली दर्ताको प्रक्रिया आफैँले निर्णय गर्दछ I
मतदाता दर्ता गर्ने जहिले पनि हुन सक्दछ, चुनावकै दिन पनि कोही मतदाता बन्न सक्दछ I
चुनावकै क्षण कोही मतदान केन्द्रमा गयो भने निर्वाचन अधिकृतले स्वविवेकीय आधारमा कसैलाई अस्थायी मतदाता परिचय पत्र दिन र मतदाता सूची बनाएर मतदान गराउन सक्दछ I

४. अमेरिकाभर एकै नासको मत पत्र हुँदैन I
कहीँ मतपत्र द्वारा नै मतदान हुन्छ र कहीँ इलोक्ट्रेनिक वा विद्युतीय मसिनबाट मतदान हुने व्यवस्था छ I
एकै दिन निर्वाचन नहुन सक्दछ I
मतदानको लागि तोकिएको दिन भन्दा अघि नै पनि मतदान गराइन सक्छ, र उक्त दिन पछि पनि I
उदाहरणको लागि मिनेसोता राज्यले मतदानकोलागि निर्धारित दिन भन्दा ४६ दिन अघि नै निर्वाचन गरायो तर नर्थ क्यारोलिनाले मतदानको दिन भन्दा नौ दिन पछि सम्म मतदान गराउन सक्ने व्यवस्था गरेको छ I

५. अमेरिकामा मतदानको दिन भन्दा कयौँ दिन अघि नै हुलाकबाट मतदान गर्ने प्रयोजनको लागि मतपत्र दिइएको थियो I
कुनै स्वार्थ समूहले त्यस्ता मतपत्रहरू खोस्न,, चोर्न वा किन वेचगर्न पनि सक्दछ I
हुलाकबाट आएका मत पत्रहरूलाई हचुवा आधारमा स्वीकार वा अस्वीकार गर्न सकिन्छ I
मत पत्र राखिएको खाम कसरी बन्द गर्ने सवाललाई पछि आधार बनाएर रद्द गर्न सकिन्छ र गरिएको छ I

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवलपुरमा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलाको पुल भासिएको छ

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट

ओली सरकार अब नचल्ने निष्कर्षका साथ प्रचण्डले थाले छलफल, माधव नेपाल र राजेन्द्र लिङ्देनसँग वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँगको संवादलाई तीव्र

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने

गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही