कुशल हात, असल दिमाग र मेरिटोक्रेसी



भीम उपाध्याय ।
नेपालमा कसैलाई राजनीतिमा यथार्थमा गम्भीर चासो छ भने उसले राजनीतिमा पैसा र करप्सनको खेललाई कसरी निर्मूल गर्न सकिन्छ । त्यसमा अनुसन्धान गरी जुक्ति निकालेर सत्ता सम्हाल्नुपर्छ । अनि मात्र मुलुकको कायापलट हुनेछ । भ्रष्टाचारबिना राजनीति चल्न सक्दैन भन्ने सोचका वर्तमान राजनीतिक पुस्ता एवं राज्य संचालकबाट त्यो सम्भव छैन ।

दलहरूको घोषणा पत्रमा उल्लेखित कुरा जसले जिते पनि, हारे पनि लागू गरे भैहाल्छ । सबैले राम्रै गर्छु भनेकै हुन्छन् । आफूले नजिते पनि जित्नेलाई सहयोग गरे पुग्छ देश बनाउने हो भने । जनतासामु हारेमा गरिन्न किन भन्नुपर्यो र ? जिताएमा मात्र गर्छु किन भन्नुपर्यो र ? आखिर गर्ने त विज्ञ र कर्मचारीहरूले न हो, नेताले त शिलान्यास र उद्घाटन गर्न टुपल्किने हो ।

यिनै अहिलेकै नेताहरूको नेतृत्वका विगतका सरकारहरूले न हो हालसम्मका १५ वटा पन्चवर्षिय योजना पास गरेका, तिनमै यति धेरै कुस्त योजना छन् कि ती मात्र पूरा गर्न पनि यी नेताहरूका नातिसम्मलाई हम्मे पर्ने छ । थप नया‘ कुरा चाहिएकै छैन्, बक्नैपर्दैन। विगतका १५ औं योजनामा भएका प्रतिबद्धता र योजनाहरू यसरी पूरा गर्छु मात्र भनुन् र गरून् , अनि त्यस पछि जनताले स्वयं मुल्या‘कन गरिहाल्छन्।

कम्युनिस्ट दल क्याडरबेस्ड हुने गर्छ । दल प्रवेश गरेपछि अनुशासन र प्रशिक्षणबाट खारिएपछि मात्र क्रमशः उच्च जिम्मेवारीको सोपान चढ्दै जाने हुन्छ । कम्युनिष्ट भनेको ज्ञान, संस्कार र चरित्रमा विशेषता हासिल गर्नु पनि हो । कसैलाई मत दिदैमा वा कुनै सिद्धान्त मन पराउदैमा कम्युनिस्ट हुनु हैन । नेपालमा कम्युनिष्ट बन्न जो जसले पनि पाउने भएको छ- न विगतको योगदान चाहिने, न संघर्ष र न चरित्रवान् हुनुपर्ने । त्यसैले नेपालमा कुनै दल पनि कम्युनिष्ट हैनन्, ब्राण्डिङ वा ट्यागिङ मात्र हो । कुन ट्याग र ब्राण्ड मन पर्छ रोज्ने रोजाउने मात्र हो ।
अरू मासबेस्ड लोकतान्त्रिक दल भनाउँदाहरूको त झन् कुरा गरिसाध्ये छैन। तिनका धून जसरी भए पनि पद पड्काउ, सत्तामा पुग र घूस खाउ पैसा कमाउ अनि मोज गर ! राज्यसत्ताको सबै अंगमा सेटिंग मिलाउ र महालुट सुनिश्चित गर !

चुनाव जितेर प्रधानमन्त्री बन्नेले नेपालका सबै दलका सबै घोषणापत्रहरूमा उल्लित सबै राम्रा राम्रा सम्भव विकासे बाचाहरू पूरा गर्ने योजना कार्यान्वयन गर्न थाले पुग्छ । सबैका घोषणाहरू जहिले पनि उस्तै एकसे एक राम्रा देखिन्छन् । विगत १५ वटा पन्चवर्षिय योजनामा र विगत ३० आर्थिक वर्षमा यिनै दलहरूका सरकारका बजेट भाषणमा गरिएका सबै पूरा हुन बाँकी बाचाहरू फटाफट पूरा गर्दै गएपुग्छ, यसो गर्न सके बिरोध गर्ने बिषय नै रहने थिएन ।

तर, यी सबै सफलता साथ पूरा गर्नका लागि कुशल हात र सोच्ने दिमागको चाहिन्छ, यसको बिकल्प छैन। मेरिटोक्रेसीको बिकल्प हुदैन। तीब्र विकास गर्ने सबै मुलुकमा मेरिटोक्रेसी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट

ओली सरकार अब नचल्ने निष्कर्षका साथ प्रचण्डले थाले छलफल, माधव नेपाल र राजेन्द्र लिङ्देनसँग वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँगको संवादलाई तीव्र

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने

गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही