थप ३३०९ जनामा कोरोना संक्रमण, ३८४४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३०९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । बुधबार काठमाडौमा १५७० , भक्तपुरमा ११९ र ललितपुरमा १८९ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १०३४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार ३८४४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म १ लाख ४४ हजार ९७८ जना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हाल आइसोलेशनमा ३६ हजार ९११, क्वारेन्टाइनमा १३०५ जना रहेका छन् । हालसम्म १४ लाख ९४ हजार १२२ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । ।