कुनैपनि परिस्थितिमा राजीनामा दिन्नः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनैपनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । प्रधानमन्त्रीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारे ।

उनले आफ्नो राजीनामाले देश बर्बादीतिर जाने भन्दै त्यसको कल्पनासमेत नगरेको बताए । उनले भने, ‘मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन ।’

प्रधानमन्त्रीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताएका छन् । कुनैपनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ की भन्ने दुविधामा नपर्न समेत प्रधानमन्त्रीले आग्रह गरे ।

उनले भने, ‘म यस ठाउँमा आएको मेरा रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुर्याएको म जालझेल तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार फेरिन्छ की बदलिन्छ की धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरु गरे । भित्र, बाहिर अनेक थरिका कोसिसहरु आए । जे मा पनि आलोचना गर्ने, जे मा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृतिहरु छन त्यसबाट प्रभावित नहौं ।’ प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीय सरकार प्रमुख भन्छन्-सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ

  नारायण न्यौपाने, काठमाडौँ । बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त

अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने प्रचण्डको उद्घोष

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र

कुनैपनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलतः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरुले देशमाथि कसैको हस्तक्षेप

शङ्खधर चोकमा प्रदर्शन गरिएको ऐतिहासिक महाकाली नाच(फोटोफिचर)

मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन