अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ । मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो । हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन् । ५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा बाइडनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिस्पर्धी ट्रम्पका ४८ प्रतिनिधि छानिएका छन् ।
यसैगरी बाइडनका प्रतिनिधिले ४ वटा राज्यमा अग्रता कायम गरेका छन् भने ट्रम्पका प्रतिनिधिले २ वटा राज्यमा अग्रता लिएका छन् । अमेरिकी राष्ट्रपति चुनिनका लागि २७० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक हुन्छ । चुनावको अन्तिम नतिजा आउन भने ढिला हुने बताइएको छ।

प्रतिक्रिया