पार्टी एकता कायम राख्न भूमिका खेल्न वामदेव गौतमलाई राष्ट्रपतिको आग्रह



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पार्टीभित्र देखिएको विवाद समाधानका लागि भूमिका खेल्न आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार शीतलनिवास बोलाएर उपाध्यक्ष गौतमलाई पार्टीभित्रको विवाद समाधानका लागि भूमिका खेल्न आग्रह गरेकी हुन् । भेटमा उपाध्यक्ष गौतमले पार्टीभित्रको पछिल्लो अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार राष्ट्रपतिले विगतमा पनि नेकपामा विवाद हुँदा भूमिका खेलेको भन्दै यसपटक पनि उस्तै भूमिका निभाउन गौतमलाई आग्रह गरेकी छन् ।

जवाफमा गौतमले नेकपाको एकताका लागि आफ्नोतर्फबाट भूमिका खेल्ने बचन दिएका सुवेदीले बताए । गौतमले राष्ट्रपतिलाई ‘पार्टी एकतासहित विधि र पद्धती स्थापित गर्ने कुरामा गम्भिरताका साथ लागेको बताएका थिए ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मतभेद बढेपछि महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै त्यसलाई जोगाउन सकारात्मक भूमिका खेल्न आग्रह गरेका थिए । आइतबार दाहालले सचिवालयका सदस्यहरुलाई प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनसेलको शेयर बिक्रीबारे सूचना लिइरहेका छौँः अर्थमन्त्री महत

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन्

राष्ट्रियसभालाई समानुपातिक र समावेशी तथा प्रतिनिधिसभालाई प्रत्यक्षतर्फ १६५ सिटमा सीमित गर्नुपर्छः सांसद गिरी

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन,

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

ओलीलाई राउटे मुखिया शाहीको कोसी उपहार

कर्णाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया