अब के भए तपाईंले राम्रोसँग सरकार र पार्टी चलाउनु हुन्छ प्रधानमन्त्रीज्यू ?



केशवप्रसाद भट्टराई ।
कम्युनिस्ट पार्टीमा के को विधि ? के को पद्धति ?
प्रधानमन्त्रीजी पनि कि मसक्क आँटेर निर्णय गर्नोस् । सरकार स्थिर र जिम्मेवार छ भन्ने सावित गर्नोस् । सक्नुहुन्न भने छोडेर जानोस !
१. नेकपाका केही नेताहरू निरन्तर विधि र पद्धतिको हावादारी कुरा गरिरहेका छन् । तर कम्युनिस्ट पार्टीमा नेता नै विधि हुन् र नेतानै पद्धति हुन् । लेनिन, स्टालिन, माओ, ब्रेजनेभ, गोर्वाचोभ ,सी जिन्पिङ्गदेखि ओली, प्रचण्ड सवैले आफ्नो व्यवहारबाट त्यसलाई सावित गरेका हुन् !

२. नेपालकै उदाहरण पर्याप्त छ ओलीलाई सरकारको नेतृत्व चाहिएको, प्रचण्डलाई पुरानो एमालेको बलियो सुरक्षा कवच, जनाधार र राजनीतिक शक्ति । दुई जना बसे आफ्ना आफ्ना मौजाको तर्फबाट निर्णय गरे जस्तै गरेर आपसमा पद बाँडे । चुनावमा सहकार्य गरे । पार्टी एकता गरे । दुवै पार्टीका हर्ताकर्ता सबै चुनावमा उठ्ने ( चुनाव जित्ने सवाल थियो, सवैको स्वार्थ मिल्यो ( कोही चुँक्क बोलेन ।
सरकारमा जाने, सत्ता, शक्ति र सुविधामा राज गर्ने लोभ सवैका अघि थियो । राज्यको ढुकुटीमा भोगगर्ने र मोजगर्ने सपना पनि थियो । देलान र खाउँला भन्ने लोभले पनि काम गर्ने नै भयो ।
दुई जना बसे, मौजा बाँडे जस्तै, विर्ता हाँके जस्तै सवै अधिकार आफूसँग राखेर, आफ्नो पद सुरक्षित राखेर , निर्वाचित, मनोनित सबैकोको पद खोसे ।
कुन विधि र पद्धति थियो त्यो ?

३. कुन विधि र पद्धतिले चुनावी एकता र पार्टी एकीकरण भयो ?
राजनीतिक जीवनमा ठीक बेठीक, न्याय (अन्याय, हत्या, हिंसा सवै गरे होलान् । ती आफ्न ठाउँमा थिए होलान् तर हजारौँ हजारको रगत पसिनाले निर्माण भएको पार्टीलाई एकाएक मेट्ने,समाप्त पार्ने र नयाँ पार्टी गठन गर्ने कुराको निर्णय पार्टीको कुनै तहमा पनि छलफल र अनुमोदन भएको त देखिएन । प्रमुख नेता मण्डलको स्वार्थ मिल्यो, बस कम्युनिस्ट पार्टीमा नेताले निर्णय गरे पछि सकियो ।
अनि कुन विधिले समान हैसियतका दुई अध्यक्ष बने, बनाइए ?कुन राजनीतिक र संगठन सिद्धान्त थियो त्यो ?
विधि र पद्धति रे वा !

४. विचारको पार्टी रे ,
पार्टीलाई मार्ग दर्शन गर्ने विचार र दर्शन कहाँ हो कहाँ, सडक, पुल, ग्यास, जहाज, त्यही होइन, घोषणा पत्र । स्कूल, कलेज, अस्पताल,सडक बाटो,रेल, कारखाना र पुल त वीर, चन्द्र, जुद्ध समशेरहरूले पनि बनाए ( खोले । पञ्चायतले पनि बनायो खोल्यो,चलायो । सवाल सडक, पुल, स्कूल र अस्पतालको मात्रै होइन, कुन वैचारिक धरातलमा उभिएर सरकारले, कुन विश्वास र मान्यतामा अडिएर त्यस्तो विकासको काम गर्ने ? त्यो सवाल महत्वपूर्ण हो ।
सवाल कुन मूल्य स्थापना गर्न सरकारमा जाने ?
कुन मूल्यकोलागि पार्टी खोल्ने चलाउने भन्ने हो ?
कुन मूल्य रक्षाको लागि पार्टी एकीकरण भएको हो ?
त्यो जवाफ सहित सरकारमा गएको हो, पार्टीको वैचारिक आधार निर्माण गरेर पार्टी एक भएको हो ?
पहिला सत्ता र सरकार अनि विचार भन्नेहरूले दिने दल र सरकार यस्तै हो ।

५. पद लिने, शक्तिमा पुग्ने, सत्ता हाँक्ने, राज्यको ढुकुटीमा राज गर्ने, सुख सुविधा भोग्ने स्वार्थले एक भएको पार्टी र नेताहरू यस्तै हुन् । यस्तो पार्टी फुटे के ? जुटे के ?
एक वर्षदेखि रडाको गरिरहेका छन् । यिनको कारण विकास, ठप्प छ । जनताको पीडा घट्नु भन्दा बढेको बढ्यै छ । एउटै उदाहरण पर्याप्त छ किनेर पनि जनताले असारमा धानमा मल हाल्न पाएनन् ।
अब गहुँको सिजन आयो त्यस्तै ।

६ . यिनको पालामा त बङ्गलादेशसम्मले सापट र पैँचो पनि पत्याएन । छरछिमेकीले ऐंचो पैंचो पनि नपत्याउनु भनेको ख्याल ख्याल हो ?
किन पत्याउनु ? इलमी र पुरुषार्थीलाई पो पत्याउने त हुन् नी सवैले । हिजो जन्मिएको, नेपाल भन्दा हर हिसाबले तन्नम बङ्गलादेशले मल कारखाना स्थापना गर्यो, देश विदेशमा मल निर्यात गर्दछ, अमेरिकाले विशेष राहत सुविधा दिएपछि बंगलादेशले र नेपालले एकै पटक गार्मेन्ट उद्योग शुरू गरे ।
आज ’मेड इन बङ्गलादेश’ लेखिएका लुगाहरू वेलायत, अमेरिका, लगायत संसारका कुना कुनामा पाइन्छन् , नेपाल ?

७. अपवाद बाहेक यस्तै हुन् कम्युनिस्ट !
नेपालका झन् । यस्तै हुन्छ कम्युनिस्टले दुई तिहाई पाए पछि । कम्युनिस्टलाई दुई तिहाईदिए पछि ।
कम्युनिस्टले विकास र समृद्धि दिने विश्वास गर्नेले दुःख पाउँछन् नै ।

८. यिनले राजा सहेनन् । हिन्दू राष्ट्र सहेनन् । संविधान सहेनन्, प्रजातन्त्र र निर्वाचित सरकार सहेनन् ।
राज्यलाई जातीय द्वन्द्वमा हुले राज्यको एकताको आधार भत्काए । विकासको सिद्धान्त र नीति लथालिङ्ग भताभुङ्ग । विचारहीन र दृष्टिहीन हुन पुगे । राष्ट्र र विशाल युवा जमातलाई पनि त्यस्तै बनाए ।

९. कसैलाई सहन्नन् यिनले !
सबैलाई प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री हुनु छ । राष्ट्रपति, प्रदेश प्रमुख, राजदूत, न्यायाधीश, संवैधानिक निकाय प्रमुख हुनुछ । राज्यको ढुकुटीको मालिक हुनुछ । एकछत्र स्वामित्व लिनु छ । ढुकुटीमा राज गर्नुछ ।

१०. आज प्रधानमन्त्री हटाइन्छ, भोलि हटाइन्छ । आजै अध्यक्ष हटाउने, भोलि हटाउने । आजै मन्त्रिपरिषद पुनर्गठन भोलि नै पुनर्गठन । कसले कसको भरोसामा काम गर्ने ?
कुन विश्वासमा काम गर्ने ? किन जोखिम लिने ?
किन दीर्घकालीन राष्ट्रिय हितमा तर तत्कालका लागि अलोकप्रिय निर्णय लिने ?
यिनका खेताला हुन् प्रधानमन्त्री र मन्त्रीहरू ?

११. हटाउने हुती पुगे हटाउ न विधि पुर्याएर । के छ आठ महिनादेखि भैलो खेलिरहेछौ ?
प्रधानमन्त्रीजी पनि कि मसक्क आँटेर निर्णय गर्नोस् । सरकार स्थिर र जिम्मेवार छ भन्ने सावित गर्नोस् । कुरा मात्रै होइन कम गरेर देखाउनुस् । सक्नुहुन्न भने छोडेर जानोस् । यो गतिछाडा रत्यौली हेर्न जनतालाई वाध्य पार्ने अवस्था अब लम्बिन नदिनोस् । सर्वशक्तिमान पार्टी अध्यक्ष र दुई तिहाई प्रधानमन्त्री हुँदा पनि न पार्टी पकडमा न सरकार । अब के भए तपाइँले राम्रोसँग सरकार र पार्टी चलाउनु हुन्छ प्रधानमन्त्रीज्यू ? के पुगेन तपाइँ मसक्क आँटेर आफ्ना पार्टीका गतिछाडा नेता र मन्त्रीलाई विदा गर्न ? कस्तो राजनीतिक लाचारी र कायरता हो हो ? यसरी किन प्रधानमन्त्री रहिरहनु पर्यो ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट

ओली सरकार अब नचल्ने निष्कर्षका साथ प्रचण्डले थाले छलफल, माधव नेपाल र राजेन्द्र लिङ्देनसँग वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँगको संवादलाई तीव्र

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने

गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही