थप ३११४ जनामा कोरोना संक्रमण, ३१४२ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको ज्यान गएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार चार पुगेको छ ।
त्यस्तै मंगलबार थप ३१४२ जना डिस्चार्ज भएका छन् भने हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।
हाल आइसोलेशनमा ३७ हजार ४७६ जना रहेका छन् भने क्वारेन्टाइनमा १२७७ जना रहेका छन् । हालसम्म १४ लाख ८० हजार ९७८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।