थप २९३३ जनामा कोरोना संक्रमण, ३१५० जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २९३३ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा थप १६३० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३४४६ जनाको नमुना परीक्षण गरिएको छ । आइसोलेसनामा ३७५२४ जना सक्रिय संक्रमित रहेका छन् ।
क्वारेन्टाइनमा २११९ जना रहेका छन् । त्यस्तै निको भई सोमबार थप ३१५० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १३७९९२ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।