श्वासबाट केही सेकेन्डभित्रै भाइरस पत्ता लगाउनसक्ने प्रविधिको विकास



वेल्समा विकास गरिएको मान्छेको सास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड १९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ ।

स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि ’लान्सिट’ जर्नलले त्यसबारे लेख प्रकाशित गरेको छ । त्यसको विकासकर्ता इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले बजेट सुनिश्चित भएमा छ महिनाभित्र प्रयोगका लागि तयार हुनसक्ने जनाएको छ ।

उत्साहप्रद सम्भावना
‘मेरो विचारमा यसको सम्भावना निकै उत्साहप्रद छ,’ सो कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले भने । तत्काल नतिजा आउने भएपछि परम्परागत अस्पतालबाहिरको वातावरणमा तपाईँले यसका उपयोगिता देख्न सक्नुहुनेछ। ‘उड्डयन क्षेत्रमा तपाईँ यसको प्रयोग गर्न सक्नुहुनेछ, यातायात क्षेत्रमा, अध्यागमनमा यसको प्रयोग हुनसक्छ।’ ‘तपाईँ तत्काल नमुना लिन सक्नुहुन्छ, यसका लागि शरीरभित्र कुनै उपकरण प्रयोग गर्नु पर्दैन। नमुना सङ्कलनका लागि विशेषज्ञ जनशक्ति चाहिँदैन र केही मिनेटभित्रै तपाईँ नतिजा पाउन सक्नुहुन्छ,’ उनले थपे ।

इम्स्पेक्सले साउथ वेल्सको क्यानन भ्यालीस्थित आफ्नो मुख्यालयमा नयाँ यन्त्रहरूको विकास गरेको हो । खासमा फोक्सोको क्यान्सरजस्ता रोग पत्ता लगाउन र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगहरूबीच तत्काल कसरी फरक छुट्ट्याउने भन्ने प्रयोजनका लागि उक्त प्रविधिको विकास गर्न लागिएको थियो । तर कोरोनाभाइरस विश्वव्यापी महामारी बनेपछि उक्त संस्थाले त्यसैको परीक्षणका लागि विकास गर्ने निर्णय लियो ।

कोरोनाभाइरस महामारी फैलिएको प्रारम्भिक चरणतिर एडिन्बरा र जर्मनीको डोर्टमन्डस्थित अस्पतालका बिरामीहरूमा कम्पनीले विकास गरेको प्रविधिको परीक्षण गरिएको छ । लफबरा विश्वविद्यालयले नेतृत्व गरेको अध्ययनमा सहभागी अनुसन्धानकर्ताहरूले कोभिड १९ का बिरामी र छातीसम्बन्धी सङ्क्रमणका अन्य बिरामीबीच ती यन्त्रहरूले फरक छुट्ट्याउन सक्छन् कि सक्दैनन् भनेर हेरेका थिए ।

रसायनद्वारा सङ्केत
उक्त यन्त्रले मानिसको सासमा श्वासप्रश्वाससम्बन्धी निश्चित रोगको सङ्केत दिने कुनै विशिष्ट रसायन छ कि भनेर वैज्ञानिकहरूलाई जानकारी दिन सक्छ । उक्त परीक्षणमार्फत् कोभिड १९ जनाउने विशिष्ट रसायन पत्ता लागेको छ जसलाई परम्परागत पीसीआर विधिबाट पुनर्पुष्टि पनि गरिएको छ । दम वा ब्याक्टेरियाले गराउने निमोमियाजस्ता अरू रोगसँग छुट्ट्याएर कोभिड १९ का बिरामीको हकमा ८० प्रतिशत नमुनामा सही नतिजा देखाएको पाइयो । यो प्रविधिको विकास गर्ने कम्पनीले अस्पताल अथवा विमानस्थलमा दैनिक प्रयोग गर्न लैजानुअघि त्यसलाई अझै परिस्कृत गर्नुपर्ने जनाएको छ । ‘हाम्रो कम्पनी सानो छ। यदि हामीसँग उपलब्ध स्रोतसाधनकै प्रयोग गर्ने हो भने समस्याको हल पाउन १२ देखि १८ महिना लाग्न सक्छ,’ इम्स्पेक्स कम्पनीका प्रमुख सान्टी डोमिनगुएजले भने ।
बीबीसीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

म्याक्रोनले ट्रम्पसँगको युक्रेन वार्ताबारे इयु नेताहरूलाई जानकारी दिने

ब्रसेल्स । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले युक्रेनलाई युरोपेली समर्थनसम्बन्धी आपत्कालीन शिखर सम्मेलनअघि अमेरिकी

अन्तरद्वन्द्वबाट देश ‘ जोखिममा ’ रहेको बङ्गलादेशका सेना प्रमुखको चेतावनी

ढाका ।  बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ