हेराैं, गाेरुले कस्ताे बाच्छाे पाउँछ !



सुरेश आचार्य ।

कंगारु काँग्रेसलाई अघि सारेर ओलीले प्रचण्डलाई यसपटक चाहिँ पछार्ने रणनीति तय गरेका छन्  वार कि पार गर्ने रे ! प्रचण्ड पक्षले पार्टी कब्जा गरे (माधव नेपालले साथ नदिई संभव छैन) वा अल्पमतमा परेर छुटिए/निष्काशित भए अथवा आफ्नाे पक्ष (ओली पक्ष) अल्पमतमा पर्न गए, ओलीका तुरुप शेरबहादुरलाई प्रधानमन्त्री पदका लागि समर्थन गरेर पूरानाे एमाले, कंगारू काँग्रेस र डा. बाबुरामकाे भारतमुखी भनिएकाे समाजवादी पार्टीलाई जुटाएर अल्पमतकाे सरकार बनाउने सम्मकाे “व्याकअप प्लान”- प्लान वी (back up plan- Plan B) रे !

“प्लान ए” मा चाहिँ सकभर आफैं ओली, सरकारमा जसाेतसाे टिकिरहने, अनि “प्लान सी” मा समाजवादीका उपेन्द्र यादव वा डा. बाबुरामकाे नेतृत्वमा नयाँ अल्पमतकाे सरकार बनाएर “लगाम” चाहिँ आफ्नै हातमा राख्ने खेलमा ओली पक्ष लागेकाे रहेछ । तिकडम त जानेकै हाे !!
जे भए पनि, १५ वर्षदेख अवरुद्ध संसदीय अभ्यास बल्ल सुरु हुन लागेकाेले एकदलीय अधिनायकभन्दा बहुलपक्षीय लाेकतान्त्रिक अभ्यासलाई भने बल पुग्ने नै देखियाे । शेरबहादुर यतिका दिन चूप लागेर ओलीकाे “रिजर्व फाेर्स” बनी प्रतिपक्षी दलकाे संसदीय भूमिका नखेल्नुकाे कारण पनि यही रहेछ, राम्रै साेच रहेछ, ताक परे तिवारी नत्र गाेतामे !! Everything is fair in politics, love and war, त्यसै भनिएकाे कहावत कहाँ हाे र !

तर एउटा अवराेध के छ भने – प्रचण्ड समर्थक सभामूखले प्रतिनिधि सभाकाे बैठक नडाक्ने खतरा !! प्रतिनिधि सभाकाे विशेष बैठक डाक्ने वातावरणका लागि कि बहालवाला प्रधानमन्त्रीले राजिनामा दिनु पर्याे कि त कँगारु काँग्रेस र समाजवादी मिलेर (एक चाैथाई संख्या पुर्याएर) प्रतिनिधि सभाकाे विशेष बैठक डाक्न सभामूख समक्ष आवेदन गर्नु पर्याे । त्यही भएर सभामूखलाई बाध्य पार्ने कँगारु काँग्रेसले हतारहतार केन्द्रीय कार्य समितकाे बैठक डाकेर समाजवादीलाई पनि ललिपप चटाएर मनाउने तयारी गरेकाे ! अब प्रचण्डकाे सम्पूर्ण प्रयास समाजवादीलाई आफ्नाे पक्षमा मनाउनुमै उनकाे राजनीतिक शक्ति थाहा हुनेछ । तर उपसभामूखकाे पद रिक्त रहेकाले सभामूखले नचाहेमा धेरै दिनसम्म प्रतिनिधि सभाकाे बैठक नबाेलाई चूपचाप कानमा तेल हालेर बस्न पनि सक्छन् ।

जे भए, पनि ओलीकाे “रअ” प्रमुख उर्फ नेपालका लागि नयाँ भाइसराय सामन्तकुमार गाेयलसंग मध्यराती अढाई घण्टा बालुवाटारकाे गाेप्यभेटले नेपालमा अब “गाेरू ब्याउने” निश्चित देखियाे !! हेराैं, गाेरुले कस्ताे बाच्छाे पाउँछ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यसम्पादन मूल्यांकन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैँमा अपरिपक्व र अनुचित छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने अधिकार

सरकार र संसद् ऐन बनाउनेभन्दा पनि दलगत स्वार्थमा केन्द्रित हुनु दुर्भाग्य हो

काठमाडौँ । राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । संसदमा पहिलो पटक प्रवेश

सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने

मलद्वारमा सुन लुकाएर ल्याउने चार विदेशी त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन विभानस्थलबाट ३ किलो ७४५ ग्राम  सुनसहित चार जना पक्राउ परेका