‘कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ’



काठमाडौं । सत्तारुढ नेकपाका नेता भीम रावलले पार्टी स्थायी कमिटीको बैठक बोलाउन माग गरेका छन् । पार्टी एकता संकटमा परिरहेको बेला आइतबार ट्वीट गर्दै रावलले विधि,प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन् भन्दै समस्या समाधानका लागि स्थायी कमिटी बैठक बोलाएका हुन् ।

उनले लेखेका छन्, ‘विधि,प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्।स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् ।यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुनेछ।समझदारी,एकता र देशहित मनमा राखी समस्या समाधान गरौं।’

महासचिव विष्णु पौडेलले पनि सामाजिक संजाल फेसबुकमार्फत पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै एकता कायम गर्न नेता कार्यकर्तालाई सकारात्मक योगदान गर्न आग्रह गरेका छन् ।

पार्टी एकता गम्भीर मोडमा: महासचिव पौडेल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारलाई एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको निर्देशन

  काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका

एनसेल खरिद बिक्रीबारे १५ दिनभित्र प्राधिकरणलाई यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ

मन्त्रीहरुबाटै प्रधानमन्त्रीलाई सहयोग भएनः प्रवक्ता सापकोटा

  भक्तपुर ।  नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको

कवाडी गोदाममा आगलागी हुँदा विराटनगरमा दुईजनाको मृत्यु

विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । एक