थप २८२४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८२४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ । त्यस्तै पीसीआर विधिबाट १३०२३ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा निको भई थप ३६२० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १,३४,८४२ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २८३ र भेन्टिलेटरमा ७८ जनाको उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ