प्रश्रितलाई पिट्तै बेहोस पारिन्थ्यो



नरेन्द्रराज प्रसाईं ।

मोदनाथ प्रश्रित राजनीतिमा जति नै सक्रिय भए तापनि उनका लागि त्यो यात्रा सहज थिएन । कम्युनिष्ट राजनीति गरे बापत गाउँका सामान्तिदेखि राज्यको प्रशासनसम्मका लागि उनी आँखी भएका थिए । त्यसैले उनले घरिघरि कैदमा बस्नु परेको थियो ।

प्रश्रित फेरि २०३७ सालमा पनि पक्राउ परेका थिए । त्यतिखेर उनलाई भैरहवाको जेलखानामा राखिएको थियो । प्रश्रितका अनुसार त्यस बेलाको त्यो पक्राउ उनको जीवन लीला समाप्त पार्ने उद्धेश्यले भएको थियो । त्यसैले जेल परेपछि उनले बाँच्ने उपाय मात्र सोचिरहे । त्यही उपाय सार्थक पार्न जेलबाट भाग्नका लागि उनले साथीहरूसँग मिलेर झ्यालका खापा झिकेका थिए । त्यसपछि ती खापाहरू जोड्दै उनीहरूले भर्‍याङ बनाएका थिए । त्यस बेला उनीसँग मतो गरेर झ्यालको भर्‍याङ बनाउन संलग्नमध्ये अर्का एक जनाचाहिँ हालका अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि थिए । प्रश्रित र पौडेल सहित चार जना राजनैतिक बन्दी र एक जना चोर गरेर जम्मा सात जना कैदी जेलबाट झ्यालको भर्‍याङ ओर्लेर भागेका थिए ।

त्यति बेला प्रश्रित र पौडेल जेल परेको डेड महिनामा नै भाग्न सफल भएका थिए । तर भागेको तीन महिनामा नै प्रश्रितलाईचाहिँ समातिएको थियो । उनलाई समाउन सुराकी दिनेचाहिँ उनीसँगै भागेका चोर थिए । प्रश्रित त्यसरी समातिएपछि उनीप्रति प्रहरीको थप अप्रिय व्यबहार हुन थालेको थियो । त्यसैले त्यस बखतको जेलखाना उनका लागि राक्षसी शैलीको थियो ।
जेलखानामा फिर्ता ल्याएपछि प्रश्रितलाई पुलिसले हरेक प्रकारका तनाव दिन थालेका थिए । विविध यातनाका अतिरिक्त उनी मरणासन्न कुटाईको शिकारसमेत हुन थालेका थिए ।

त्यस घडी पुलिसले हर दिन प्रश्रितलाई कुट्ने पालो बनाएका थिए । त्यतिखेर एक जना पुलिसका भागमा एक सय पल्ट प्रश्रितका पैतलामा डण्डाले पिट्ने तालिका थियो । त्यही तालिका अनुसार उनलाई पिट्तापिट्तै बेहोस पारिन्थ्यो र होस खुलेपछि फेरि पिट्न थालिन्थ्यो । त्यही अनुरुप आठ जना पुलिसले आठ दिनसम्म एकसय एकसय पटक डण्डाले पिट्ता उनको शरीर नै सुन्निएको थियो ।

धेरै कुटाए खाएपछि प्रश्रित बाँच्तैनन् भन्ने स्थानीय प्रशासनले अड्कल काटेपछि उनलाई काठमाडौँ चलान गरिएको थियो । अनि उनलाई भैरहवाको जेलखानाबाट काठमाडौंको गोलघरमा पुर्याइएको थियो । त्यहाँ पनि उनलाई कठोरभन्दा पनि कठोर रुपमा बन्देज गरिएको थियो । त्यहाँ दिसा बगेर जाने टुङ्गोमा उनको सुत्ने र खाने ठाउँ बनाइएको थियो । त्यस नारकीय ठाउँमा उनलाई सात महिनासम्म नेलकडी र हतकडी गरेर राखिएको थियो । सात महिना पुगेपछि चाहिँ उनका हात खुट्टाबाट फलामका सिक्री फुकाइएको थियो ।

हातखुट्टाको सिक्री खोलेर प्रश्रितलाई भद्रगोल जेलमा पठाइएको थियो । त्यही जेलमा मोहनक्रिम सिंहलाई पनि राखएिको रहेछ । त्यहाँ प्रश्रित पुगेपछि सिंह पनि खुसी भएका थिए । त्यस जेलमा उनीहरूको एउटै भान्सा भयो । त्यहाँ उनीहरू सात महिना बसेका थिए । त्यसपछि प्रश्रितलाई नक्खुजेलमा सरुवा गरिएको थियो ।
(प्रकाशोन्मुख मोदनाथ प्रश्रितको जीवनीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बल्ल उठ्यो भूकम्पले थलिएको लाप्राक

गाेरखा जिल्लाकाे उत्तरी भेगमा पर्ने लाप्राक क्षेत्रकाे धार्चे गाउँपालिका-४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक

वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न पहिचानवादी युवाहरूको अपील

काठमाडौं। पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन

भूकम्पको एकदशकः भत्किएका संरचना अझै अधुरा

प्रगति ढकाल, काठमाडौं । २०७२ को विनाशकारी (गोरखा) भूकम्पको दृष्यले हरेक वर्ष वैशाख

संसदको बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज दिउँसो १  बजेदेखि आरम्भ हुँदैछ