थप २ हजार ५०८ जनामा कोरोना संक्रमण, २ हजार २६४ जना डिस्चार्ज



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ५०८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९३७ पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको १ लाख ३१ हजार २२२ संख्या पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ५८४ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ४३ हजार ३४३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार २७९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४१० जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ