थप तीन हजार ५१७ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ६१ महिला र २ हजार १ सय ५६ पुरुष गरी ३ हजार ५ सय १७ मा संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।
काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १ सय ३१ र ललितपुरमा २ सय ४९ जना गरी उपत्यकामा मात्रै १ हजार ८ सय ८८ जना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म संक्रमितमध्ये ७६ दशमलव ७ प्रतिशत संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ० दशमलव ६ प्रतिशतको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १४ हजार ९ सय ८९ जनाको पीसीआर परीक्षण भएको छ ।
हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३ सय ५७ जना रहेका छन् भने दुई हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । ।